मुख्य समाचार
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतिहरू सिर्जना भएको जनाएको छ
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतिहरू सिर्जना भएको जनाएको छ

: निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतिहरू सिर्जना भएको जनाएको छ । शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले एआई,साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने देखिएपनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा समस्या देखिन सक्ने बताए ।

उनले निर्वाचनसम्बन्धी कानुन सुधार,२०८४ सालका विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने बताए। उनले देशभरिका सबै मतदान केन्द्रको भू–लोकेसन क्लियर भइसकेको र भू–सूचना प्रणालीलाई अद्यावधिक गरिएको जनाउँदै थप स्तरीकरण गरी पूर्वाधारको अवस्थासमेत हेर्न सकिने गरी अघि काम भइरहेको जानकारी दिए।

स्रोत र शान्ति–सुरक्षा उपलब्ध गराउने सन्दर्भमा संघीय सरकारमा निर्भरता बढी रहे पनि टास्क फोर्स वा स्थानीय तहबाट मतदाता शिक्षा र समन्वयलाई अझ व्यवस्थित गर्नुपर्ने रणनीति रहेको उनको भनाइ छ ।
त्यस्तै भट्टराईले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको उल्लेख गरे। चौथो रणनीतिक योजना स्वच्छ,स्वतन्त्र,निष्पक्ष,समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण गर्ने दीर्घकालीन सोचसहित तयार गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले करारमा कार्यरत सरकारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिगत आधार तय गरिएको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री वादीले सामाजिक सुरक्षा कोषमा राहत शिक्षक र बाल विकास सहजकर्तालाई पनि समावेश गरिने आश्वासन दिइन्। उनले ...
। सरकारले बजार अनुगमन क्रममा तोकिएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न सम्बन्धित व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सम्पूर्ण व्यवसायीहरूलाई यस्तो अल्टिमेटम दिएको हो । सूचनामा उपभोक्ताको हक, हित तथा ...
: काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । अदालत ल्याउनुअघि अर्याललाई सरकारी वकिलको कार्यालयमा पुराइएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीको ...
। लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु हुनेगरी सूचना जारी भएको २४ ...
: जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिने ७ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनगुनासो बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ स्थायी घर ...