मुख्य समाचार
बिल भुक्तानीका लागि ठेकेदारसँग डेढ लाख घुस, इन्जिनियरविरुद्ध मुद्दा दायर
बिल भुक्तानीका लागि ठेकेदारसँग डेढ लाख घुस, इन्जिनियरविरुद्ध मुद्दा दायर

: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका करार सेवामा कार्यरत प्राविधिक प्रमुख इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

अनुसन्धानका क्रममा उनले निर्माण व्यवसायीसँग कमिसनबापत १ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। चौधरीले ५० हजार रुपैयाँ चेकमार्फत र एक लाख रुपैयाँ फोनपेमार्फत् आफ्नो बैंक खातामा लिएको पाइएको छ।

अख्तियारले चौधरीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गर्न माग गर्दै बिगो १ लाख ५० हजार रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक र राजनीतिक रूपमा तयारीमा जुट्न आह्वान गरेकी छन् । केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले ‘हामी तयार छौं’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरी संगठन सुदृढीकरणमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् । निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता ...
: वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ । होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा क्यासिनो भित्र जुवा खेल्ने ९ जना र उनीहरूलाई जुवा खेलाउने ३ जना कर्मचारी रहेका छन् । क्यासिनोभित्र अनाधिकृत ...
: प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । शुक्रबार बिहान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टर अवलोकन गर्न ...
। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ । मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् । सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार महाधिवेशन प्रचार प्रसार समिति ...
। उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ जारी गरी लागु गरेको छ । कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् ...