मुख्य समाचार
देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ
देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ

। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी महाधिवेशनका लागि पाँच वटा समितिका संयोजक तोकेको छ ।

मूल तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले महाधिवेशन तयारीका लागि प्रचार प्रसार, अतिथि सत्कार एवं समन्वय, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन, सांस्कृतिक र स्वास्थ्य समितिका संयोजक मनोनयन गरेका हुन् ।

सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार महाधिवेशन प्रचार प्रसार समिति संयोजकमा केन्द्रीय सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महत मनोनित भएका छन् ।

त्यस्तै, अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य एनपी साउद र प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत छन् ।


सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्की मनोनित भएका छन् ।

नेपाली कांग्रेस देउवा समूहले १५औँ केन्द्रीय महाधिवेशन यही मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणाली थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम ...
। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई अहिलेदेखि नै संगठनात्मक र राजनीतिक रूपमा तयारीमा जुट्न आह्वान गरेकी छन् । केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले ‘हामी तयार छौं’ अभियानलाई देशभरका वडा र बुथ तहसम्म विस्तार गरी संगठन सुदृढीकरणमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् । निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता ...
: वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ । होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा क्यासिनो भित्र जुवा खेल्ने ९ जना र उनीहरूलाई जुवा खेलाउने ३ जना कर्मचारी रहेका छन् । क्यासिनोभित्र अनाधिकृत ...
: प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । शुक्रबार बिहान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टर अवलोकन गर्न ...
। उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ जारी गरी लागु गरेको छ । कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् ...