मुख्य समाचार
त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता
त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता

। त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा दुई गोल गर्‍यो। ६४औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औं मिनेटमा दोस्रो गोल थप्दै आर्मीको जित सुनिश्चित गरे।

खेलमा पाँच पहेँलो कार्ड देखाइएको थियो। आर्मीका लाकेन लिम्बुले १२औँ, अनुभव पुरीले ३९औँ र बिमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाए। बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको आर्मीले बागमतीलाई पनि पराजित गरेपछि ६ अंक जोडेको छ। पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको एक अंक छ।


शनिबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब तथा दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्दु बर्मा र रोमा थापाको महत्वपूर्ण साझेदारीमा एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मधेश प्रदेशलाई ८० रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेशले ७ विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो। मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, सना प्रविन र कप्तान पूजा ...
: विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कर्णाली आफ्नो दोस्रो हारसँगै प्रतियोगीताबाट बाहिरिएको छ । कर्णाली यसअघि कोशी प्रदेशसँग पराजित भएको थियो ।शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगीतामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १३८ ...
। १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गरेका थिए । लुम्बिनीका ...
। आयरल्यान्डको पुरुष क्रिकेट टोलीले आगामी वर्ष पहिलोपटक पाकिस्तान भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र क्रिकेट आयरल्यान्डबीच भएको सहमतिअनुसार आयरल्यान्डले पाकिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सिरिजका तीन खेल जनवरी २०, २२ र २४ मा लाहोरस्थित गद्दाफी स्टेडियममा हुनेछन्। त्यसअघि आयरल्यान्डको सिनियर टोलीले जनवरी १३ देखि १७ सम्म पाकिस्तान शाहिन्ससँग तीन खेलको ...
: १० औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ८ विकेटको क्षतीमा १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको कर्णालीले १३.३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रनसहित लक्ष्य पूरा गर्यो। कर्णालीका लागि विपिन रावलले ...