मुख्य समाचार
भारत भ्रमणका उपलब्धी र राष्ट्रपति कहाँ अड्किएका अध्यादेशबारे कुराकानी
भारत भ्रमणका उपलब्धी र राष्ट्रपति कहाँ अड्किएका अध्यादेशबारे कुराकानी

। भारत भ्रमण जानुअघि शिष्टाचार भेट नगरेकोमा आलोचना खेपिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले स्वेदश फर्केको तीन दिनपछि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले भेटमा भारत भ्रमणका उपलब्धी र राष्ट्रपति कहाँ अड्किएका अध्यादेशबारे कुराकानी गरेका छन् ।

करिब २० मिनेट भएको भेटमा प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतबाट ठूलो आर्थिक प्याकेज पाउने र भैरहवा हवाइ रुटको विषयमा भएको सहमति निकै उल्लेख्य रहेको भन्दै ब्रिफिङ गरेका थिए । विदेश भ्रमणमा जानु अघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यसपटक तोडेका थिए ।

राष्ट्रपति र विपक्षी दलहरूस समेतसँग छलफल गरेर जाने विगतको चलन थियो । यी दुवै चलन प्रधानमन्त्री शाहले तोडेका थिए ।

उनी जानु अघि रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका थिए । फर्केर आएपछि पनि उनले रविलाई भटेर मात्र शुक्रबार राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।


प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई भेट्नु अघि शुक्रबारै सभापति लामिछाने पनि राष्ट्रपति भवन पुगेका थिए । राष्ट्रपतिसँग रविको करिब ४० मिनेट कुराकानी भएको थियो ।

उनीसँगको कुराकानी सकिए लगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरेका अध्यादेशहरू जारी गरिदिन अनुरोध गरेका थिए । स्रोतका अनुसार सरकारले धेरै कानुन निर्माण गरिरहेकोले अहिले संसद् नचलेको अवस्थामा अत्यावश्यक नै भएर अध्यादेश सिफारिस गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका थिए ।

अहिले राष्ट्रपति कार्यालयमा तीनवटा अध्यादेश विचाराधीन छन् । प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कहाँ पुगेको छ । उक्त अध्यादेश संसद्को अधिवेशन बन्द भएपछि ल्याइएका हुन् ।

संसद्को बर्खे अधिवेशन यसपटक करिब ५ महिना भन्दा बढी बस्यो । तर उक्त अधिवेशन बन्द भएपछि सरकारले कात्तिक १७ प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धि अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा सिफारिस भएको तीन साता भएको छ ।

प्रेस स्वतन्त्रतासम्बन्धि गम्भीर विषयमा समेत सरोकार राख्ने विषय जोडिएको कानुन अध्यादेशबाट ल्याउने खोजेपछि राष्ट्रपति कार्यालय यसलाई अघि बढाउने कि नबढाउने दोधारमा छ । त्यसैले राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको छ ।

यो अध्यादेशले अभिव्यक्ति र प्रेस स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै पत्रकार महासंघ लगायतका सरोकारवालाहरूले राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएका छन् ।

संविधानमा भएका मौलिक हक समेत जोडिएका विषयसँग सरोकार राख्ने विषयसँग सम्बन्धित कानुनहरू संसद्बाट नआइ अध्यादेशबाट आउँदा त्यसको असर के हुन्छ भन्नेमा राष्ट्रपतिको चासो छ ।

प्रधानमन्त्री शाहसँग राष्ट्रपति पौडेलले लोकतान्त्रिक संस्थाहरूको महत्त्वबारे कुरागरेका थिए । सामान्य शिष्टाचारहरूमा पनि वेवास्ता गर्ने र संसद् छलेर अध्यादेशहरू ल्याउने लगायतका गतिविधिप्रति इंगित गर्दै राष्ट्रपतिले लोकतान्त्रिक पद्धतीमा संस्थाहरूलाई महत्त्व दिँदा मात्र लोकतन्त्र बलियो हुने धारणा राखेका थिए ।

यो सरकार बनेपछि संसद् छलेर १३ वटा अध्यादेश जारी भइसकेका छन् । अहिले थप ३ वटा राष्ट्रपतिकहाँ विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए । अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो । मलेसियाको वैदेशिक रोजगारीका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘शिक्षा संवाद’का क्रममा सातै प्रदेशबाट प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा शिक्षाका विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो । संवादका क्रममा प्राप्त सुझाव समेटेर तयार पारिएको प्रतिवेदन ...
। परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास व्यक्त गरेको छ । ईपीजी प्रतिवेदन बुझाउने प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्रालयले दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्न समय प्राप्त हुने अपेक्षा गरेको जनाएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सो अपेक्षा ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई राज्यको भौतिक पूर्वाधार विकाससँग जोड्न विशेष प्रकृतिको ऋणपत्र जारी गर्ने नीतिगत आधारमाथि छलफल भइरहेको बताएका छन् । शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अनिवार्य पेन्सनका लागि प्रयोग हुने रकम परिचालन गर्न सकिने गरी कोषको न्यूनतम दायित्व भुक्तानी सुनिश्चित हुने ब्याजदर ...
। नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउन तथा सामाजिक सुरक्षा प्रणाली थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम ...