मुख्य समाचार
मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन
मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन

: मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ। लोमन्थाङ गाउँपालिका-२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको भारतीय दूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र पालिका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त छात्रावास भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारले उपलब्ध गराएको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ पूर्वाधारले विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइको वातावरण सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत हालसम्म नेपालका सातवटै प्रदेश समेट्ने गरी ६०५ वटा परियोजना अघि बढाएको छ। त्यसमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना रहेका छन्। मुस्ताङ जिल्लामा मात्रै १८ वटा परियोजना सञ्चालनमा छन्।

त्यस्तै भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये मुस्ताङ जिल्लाले ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस प्राप्त गरेको भारतीय दूतावासले जनाएको छ।

भारत र नेपालबीचको विकास सहकार्यअन्तर्गत सञ्चालन भइरहेका यस्ता परियोजनाले पूर्वाधार विस्तार र समृद्धि प्रवर्द्धनमा सहयोग पुर्‍याउने दूतावासको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले कर्णाली प्रदेशबाट प्रशिक्षण अभियानको थालनी गर्ने भएको हो। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। जसको सुरुवात मंसिर १२ र १३ गते सुर्खेतबाट हुने उनले जानकारी दिए। त्यसपछि सुदूरपश्चिमको कार्यक्रम धनगढीमा मंसिर १४ र १५ गते ...
। हिमपातले तीन महिनादेखि अवरुद्ध नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको न्यालु–लाप्चा सडक खुलेको छ । गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो । ५ हजार १ सय मिटर उचाइमा रहेको न्यालु लेकमा ठूलै हिमपात परेकाले तीन महिनासम्म सडक अवरुद्ध रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनले अहिले ...
: डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीकाअनुसार पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउपालिका–५, जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन्। उनीलाई जिल्लाको जोरायल गाउँपालिका–२, बुडर मिलचौराहस्थित बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए। उनीहरूलाई ...
। सरकारले सबै यातायात रोजगारदाता र मजदुरलाई सामाजिक सुरक्षा कोषका सुविधाबाट लाभान्वित हुन आह्वान गरेको छ । सामाजिक सुरक्षा दिवसका अवसरमा यातायात व्यवस्था विभागले यस्तो आह्वान गरेको हो । यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो । सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा औषधि ...
। नेपाली कांग्रेसको देउवा पक्षीय १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक भएको बताएका छन् । १५औं नियमित महाधिवेशनअन्तरगत रौतहट जिल्लाको अधिवेशन उद्घाटन गर्दै उनले आफूहरू नै आधिकारिक कांग्रेस भएकाले महाधिवेशन सम्पन्न गर्न लागेको बताए । संयोजक कोइरालाले नेपालमा अहिलेको अर्थतन्त्रको जग कांग्रेस नेतृत्वको २०४८ सालको सरकारले तयार ...