मुख्य समाचार
बाढी प्रभावित स्वास्थ्य सेवा पुनर्स्थापना गर्न कोइका र यूएनडीपीबीच सम्झौता
बाढी प्रभावित स्वास्थ्य सेवा पुनर्स्थापना गर्न कोइका र यूएनडीपीबीच सम्झौता

। नुवाकोट, धादिङ र रसुवा जिल्लाका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँग १० लाख अमेरिकी डलरको अनुदान सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतामा कोइका नेपाल कार्यालयका देशीय निर्देशक कोङ मुहेओन र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले हस्ताक्षर गरे ।

१० भदौमा भोटेकोशी–त्रिशूली करिडोरमा आएको आकस्मिक बाढीले यस क्षेत्रका स्वास्थ्य संस्थाहरूमा क्षति पुर्‍याउनुका साथै प्रेषण (रेफरल) सेवा अवरुद्ध पारेको थियो ।

कोरियाली विपद् राहत टोलीको परिचालन र १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता सहितको आपत्कालीन प्रतिकार्यपछि, गणतन्त्र कोरिया सरकारले अब राहतबाट प्रारम्भिक पुनर्लाभ (अर्ली रिकभरी) तर्फको रूपान्तरणमा सहयोग गरिरहेको बताएको छ ।


आगामी १० महिनाभित्र यस परियोजनाले त्रिशूली अस्पताललाई केन्द्रमा राखेको प्रेषण सञ्जाल अन्तर्गतका २१ वटा स्वास्थ्य संस्था पुनर्स्थापना गर्ने छ ।

यसअन्तर्गत स्वास्थ्य उपकरण, ब्याकअप पावर तथा सूचना प्रविधि (आईटी) उपकरण उपलब्ध गराइने छ भने स्वास्थ्य चौकीहरूको मर्मतसम्भार र प्रिफ्याब्रिकेटेड स्वास्थ्य संरचना निर्माण गरिने छ । यसबाट १२ वटा स्थानीय तहका २ लाख ५३ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् ।

यो परियोजना नुवाकोटमा कोरियाको अघिल्लो साझेदारीमा आधारित छ । सन् २०१५ को भूकम्पपछि कोरियाले नेपालको पुनर्निर्माणका लागि १ करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको थियो । सोही सहयोगबाट कोइकाले ५० शैय्याको त्रिशूली अस्पताल निर्माण गरी २०२१ डिसेम्बरमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत यूएनडीपीले करिब १७ लाख अमेरिकी डलरको योगदानमा भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्थाहरूको भग्नावशेष हटाउनुका साथै नुवाकोटमा १० वटा नयाँ स्वास्थ्य संस्थाहरूको निर्माण सम्पन्न गरेको थियो ।

कोरिया र यूएनडीपीबीच लामो समयदेखि साझेदारी रहँदै आएको छ । सन् १९६६ देखि २००९ सम्म यूएनडीपीले कोरियामा २ सय ७० भन्दा बढी विकास परियोजनामा सहयोग गरेको थियो ।

सहयोग प्राप्त गर्ने राष्ट्रबाट दाता राष्ट्रका रूपमा विकसित भएको कोरियाले हाल यूएनडीपी सिओल पोलिसी सेन्टरको आतिथ्य गरिरहेको छ र यूएनडीपीको मुख्य स्रोतमा प्रमुख योगदानकर्ता रहेको छ ।

नेपालमा कोइका र यूएनडीपीले पोखरामा पुन: प्रयोग र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनामा पनि सँगै काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भारतीय सेनामा अग्निपथ योजना लागु भएपछि रोकिएको गोर्खा भर्तीलाई निरन्तरता दिन माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र मार्फत न्यौपानेले नेपाली युवाहरूलाई भर्ती हुने अवसर सुनिश्चित गर्न कुटनीतिक तथा सरकारी पहल गर्न आग्रह गरेका हुन् । मोरङ–१ बाट निर्वाचित सांसद न्यौपानेले भूतपूर्व सैनिकसम्बन्धी विभिन्न संघसंस्थाले गोर्खा भर्ती खोल्न ...
: काठमाडौंको कपुरधाराबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने ३२ वर्षीय अजय थापा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, कपुरधारास्थित दक्षिणकाली मन्दिर अगाडिको एक घरको कोठामा लागूऔषध लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले खानतलासी ...
: सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले कर्णाली प्रदेशबाट प्रशिक्षण अभियानको थालनी गर्ने भएको हो। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ। जसको सुरुवात मंसिर १२ र १३ गते सुर्खेतबाट हुने उनले जानकारी दिए। त्यसपछि सुदूरपश्चिमको कार्यक्रम धनगढीमा मंसिर १४ र १५ गते ...
। हिमपातले तीन महिनादेखि अवरुद्ध नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको न्यालु–लाप्चा सडक खुलेको छ । गत भदौ ९ गतेदेखि १२ गतेसम्म अविरल वर्षासँगै परेको हिमपातले अवरुद्ध सो सडक अवरुद्ध बनेको थियो । ५ हजार १ सय मिटर उचाइमा रहेको न्यालु लेकमा ठूलै हिमपात परेकाले तीन महिनासम्म सडक अवरुद्ध रहेको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताए । उनले अहिले ...
: डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीकाअनुसार पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउपालिका–५, जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन्। उनीलाई जिल्लाको जोरायल गाउँपालिका–२, बुडर मिलचौराहस्थित बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए। उनीहरूलाई ...