मुख्य समाचार
एनपी साउदले नेपाली कांग्रेस अहिले विभाजनको मतस्थितिमा रहेको बताए
एनपी साउदले नेपाली कांग्रेस अहिले विभाजनको मतस्थितिमा रहेको बताए

। कांग्रेसको देउवा पक्षका नेता एनपी साउदले नेपाली कांग्रेस अहिले विभाजनको मतस्थितिमा रहेको बताएका छन् । शुक्रबार अछाम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी विभाजनको मनस्थितिमा छ,’ उनले भने, ‘दुइटा अधिवेशन हुँदैछ । एकथरि साथीहरूले गरिसके, हामी मंसिरको २१ गतेबाट गर्दैछौं ।’

यस्तो बेलामा आफ्नै पार्टीभित्र पनि आधिकारिकता लागि राजनीतिक रूपमा लड्नुपरिरहेको उनले बताए । ‘हामी पार्टीभित्रै राजनीतिक रूपमा लडिरहेका छौं । अदालतमा मुद्दा छँदैछ । यस्तो बेला सबै साथीहरूले एकअर्काका पक्षमा काम गर्नुपर्दछ,’ उनले भने ।

पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिति नै आधिकारिक रहेको उनले दाबी गरे । ‘अदालतको संयुक्त इजलासले इन्साफ नदिएपछि पुनरावेदनमा गयौं । त्यो मुद्दा जस्ताको तस्तै छ,’ उनले भने, ‘पुनरावलोकनमा गएका छौं र मुद्दा अझै चलिरहेको छ । अदालतमा हामी जित्छौं, नेपाली कांग्रेस जित्छ, कांग्रेसको १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रिय समिति जित्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा जगन्नाथ ...
: होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने निर्देशनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई सरकारले स्थान खाली गर्न निर्देशन दिएको भन्दै शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको हो। ‘जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहार विरुद्ध नागरिक ऐक्यबद्धता’ लेखिएको ब्यानरमा भएको प्रदर्शनमा ...
: नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग ...
। दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवाला सम्मिलित अध्ययन समिति गठन गरिएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सचिव तामाङका अनुसार उक्त समितिले मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला, बजारको अवस्था तथा ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले भारतीय सेनामा अग्निपथ योजना लागु भएपछि रोकिएको गोर्खा भर्तीलाई निरन्तरता दिन माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र मार्फत न्यौपानेले नेपाली युवाहरूलाई भर्ती हुने अवसर सुनिश्चित गर्न कुटनीतिक तथा सरकारी पहल गर्न आग्रह गरेका हुन् । मोरङ–१ बाट निर्वाचित सांसद न्यौपानेले भूतपूर्व सैनिकसम्बन्धी विभिन्न संघसंस्थाले गोर्खा भर्ती खोल्न ...