: होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने निर्देशनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई सरकारले स्थान खाली गर्न निर्देशन दिएको भन्दै शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको हो। ‘जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहार विरुद्ध नागरिक ऐक्यबद्धता’ लेखिएको ब्यानरमा भएको प्रदर्शनमा जाडो समयमा सुकुम्बासी परिवारलाई उठिबास लगाउने निर्णय फिर्ता लिन माग गरिएको थियो।
प्रदर्शनमा सहभागीहरूले ‘घर खोस्ने शासक चाहिँदैन’, ‘जनविरोधी निर्णय मान्दैनौँ’, ‘भूमिको अधिकार जिन्दाबाद’, ‘विकासको नाममा उठिबास बन्द गर’, ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले सुकुम्बासीहरूका लागि दीर्घकालीन समाधान खोज्न आग्रहसमेत गरेका छन्।