मुख्य समाचार
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

। बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन् ।


घाइते हुनेमा जगन्नाथ गाउँपालिका–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् । घाइतेमध्ये संगीता शाही र रामशरा देवी सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक बोहरा र अन्य दुई घाइतेको अवस्था मध्यम छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली राति ९ बजे घटनास्थल पुगेको थियो ।

घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा (एमाले)की सचिव पद्मा अर्यालले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउने काममा निर्वाचन आयोग सफल नभएको दाबी गरेकी छन्। शुक्रबार ललितपुरमा आयोजित निर्वाचन आयोगको मध्यावधि समीक्षासम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले निर्वाचन मनि, मसल र मिडियाको प्रभावमा परेर निष्पक्ष नहुँदा पनि आयोगले समस्या निराकरण गर्न नसकेको आरोप लगाइन्। उनले आफ्नो निर्वाचन क्षेत्रबाट सयमा ९९ प्रतिशत मत खसेको ...
: होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई हटाउने निर्देशनको विरोध गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। भक्तपुरको बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई सरकारले स्थान खाली गर्न निर्देशन दिएको भन्दै शुक्रबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको हो। ‘जबरजस्ती उठिबास र भूमिहीन सुकुम्बासीप्रतिको अमानवीय व्यवहार विरुद्ध नागरिक ऐक्यबद्धता’ लेखिएको ब्यानरमा भएको प्रदर्शनमा ...
। कांग्रेसको देउवा पक्षका नेता एनपी साउदले नेपाली कांग्रेस अहिले विभाजनको मतस्थितिमा रहेको बताएका छन् । शुक्रबार अछाम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘पार्टी विभाजनको मनस्थितिमा छ,’ उनले भने, ‘दुइटा अधिवेशन हुँदैछ । एकथरि साथीहरूले गरिसके, हामी मंसिरको २१ गतेबाट गर्दैछौं ।’ यस्तो बेलामा आफ्नै पार्टीभित्र पनि आधिकारिकता लागि राजनीतिक रूपमा लड्नुपरिरहेको उनले ...
: नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि आयोगले कांग्रेसको अद्यावधिक गरिसकेकाले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग ...
। दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सहसचिव नामराज घिमिरेको संयोजकत्वमा सरोकारवाला सम्मिलित अध्ययन समिति गठन गरिएको मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सचिव तामाङका अनुसार उक्त समितिले मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला, बजारको अवस्था तथा ...