मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्।

शनिबार भएका खेलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेल्दा नेपाल पुलिसले गण्डकीलाई १–० ले पराजित गर्‍यो। जितसँगै पुलिसले अन्तिम चारमा स्थान बनाउँदा गण्डकी बाहिरिएको हो।

एपीएफ पनि दुई खेलबाट सेमिफाइनलमा पुगेको छ। समान दुई खेल खेलेको सुदूरपश्चिम भने अंक बाँडेपछि लिग चरणबाटै बाहिरिएको छ।

कर्णाली प्रदेश रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिमले सातौं मिनेटमै श्याम वादीको गोलबाट अग्रता लिएको थियो। तर एपीएफका गणेश पुलामीले १६औं मिनेटमा बराबरी गोल फर्काए। २६औं मिनेटमा अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले पहिलो हाफमै २–१ को अग्रता बनायो।


दोस्रो हाफमा सुदूरपश्चिमले पुनरागमन गर्दै ७२औं मिनेटमा सन्दीप सिंहको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा सकिएको हो।

अघिल्लो खेलमा मधेस प्रदेशसँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पनि जित निकाल्न नसकेपछि प्रतियोगिताबाट बाहिरिएको हो।

शनिबारकै दोस्रो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्‍यो। पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको इन्जुरी समयमा ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

गण्डकीलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको छ भने लगातार दुई खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश तथा दोस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्नेछन्।

यी खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्। त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्। फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार ...
। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा चार टोली फाइनलमा पुगेका छन्। महिला बास्केटबलको फुल कोर्ट (५×५) र थ्री एक्स थ्री (३×३) विधामा चार टोली फाइनलमा पुगेका हुन्। शनिबार बिहान भएको फुल कोर्टको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गर्‍यो। अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अंकले हरायो। यससँगै ...
। पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ। पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको जनाएको छ। यसअघि १४औं साग ...
: शिरस्थान मन्दिर दैलेखस्थित नेपालकै एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो। यो दैलेखका पञ्चकोशी तीर्थस्थलमध्येको एक प्रमुख पीठ मानिन्छ। जहाँबाट यसपाली १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ओलम्पिक टर्च बालेर ट्रफी टुर शुभारम्भ गरिएको छ। कर्णाली प्रदेशमा आयोजना गरिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको ...
। नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र पेस गरेकामा धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् ...