। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेका विभिन्न विधामा प्रारम्भिक चरणका खेल सम्पन्न भएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रतियोगितामा १२ विधाका ९६ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
क्वार्टरफाइनलमा पुग्नेमा महिलातर्फ ४० र पुरुषतर्फ विभिन्न तौल समूहका ५६ खेलाडी छन्।
त्यस्तै, महिला र पुरुष कातातर्फ समान चार–चार जना गरी आठ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन्।
फुलकन्ट्याक्ट करातेका मुख्य प्रशिक्षक कुमार श्रेष्ठका अनुसार बाँकी खेलहरू जारी छन्।