मुख्य समाचार
स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला
स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला

: स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट करिब १०० जना आप्रवासी बोकेर युरोपतर्फ जाँदै गरेको उक्त डुङ्गा इन्जिन बिग्रिएपछि ३ दिनसम्म समुद्रमै अलपत्र परेको थियो ।

खाना र पानी सकिएपछि भोक र प्यासका कारण उनीहरूको ज्यान गएको उद्धार अधिकारीहरूले जनाएका छन् । स्पेनको समुद्री उद्धार टोलीले क्यानरी आइल्यान्डको 'एल हिएरो' टापुबाट करिब ७२ किलोमिटर दक्षिणमा डुङ्गा फेला पारेको थियो ।

उद्धार गरिएकामध्ये गम्भीर अवस्थाका ६ जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइएको छ भने अन्य यात्रुहरूको सकुशल उद्धार गरी डुङ्गालाई तानेर 'ला एस्टाका' बन्दरगाहमा ल्याइएको छ । अर्को डुङ्गामा सवार आप्रवासीहरू पनि सुरक्षित रूपमा 'ला रेस्टिङ्गा' बन्दरगाह पुगेका छन् ।

पछिल्लो समय क्यानरी आइल्यान्ड्समा आप्रवासीको चाप अत्यधिक बढेको छ । यसै साता एकै दिनमा कीर्तिमानी २,१०० आप्रवासी यहाँ आइपुगेपछि प्रशासनले आपतकाल घोषणा गरेको छ । आइतबार स्पेनमा हुन लागेको आम निर्वाचनको ठीक दुई दिनअघि भएको यो घटनाले चुनावी माहोलमा आप्रवासनको मुद्दालाई झनै पेचिलो बनाएको छ ।

यसैबीच, नोभेम्बर ९–१० तिर सेनेगलको 'यॉफ' क्षेत्रबाट स्पेनका लागि छुटेको करिब १७२ जना सवार अर्को एउटा डुङ्गा दुई साताभन्दा बढी समयदेखि बेपत्ता छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्नु अनौठो भएको टिप्पणी गर्दै आक्रमणकारी र हत्यारा कहिल्यै मित्र हुन नसक्ने बताएका हुन् । किभस्थित आफ्नो कार्यालयमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा अमेरिकाले ...
: अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने हवाई यातायात प्रभावित भएको छ। आँधी गएको एक दिन बितिसक्दा पनि धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन। बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र वेगको हावाहुरी र भारी वर्षासहित भीषण आँधी आएको थियो। आँधीपछिको वर्षाले तटीय क्षेत्रहरूमा बाढीको जोखिम बढाएको ...
। अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी छन् । दक्षिण अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने ब्लिथको यस कदमले अस्ट्रेलियाको सङ्घीय तथा विपक्षी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । बिहीबार सार्वजनिक भएको निर्णयसँगै ब्लिथ दक्षिण अस्ट्रेलियाबाट वान नेशनको प्रतिनिधित्व गर्ने ...
। आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह ...
: स्पेनको इबिजा टापुनजिकै ७ हजार टनसम्म डिजेल बोकेको माल्टा ध्वजावाहक ट्यांकर समुद्रमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । जहाजमा सवार १७ जना चालक दलका सदस्यको उद्धार गरिएकोमा सात जनालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको स्पेनको आपत्कालीन सेवाले जनाएको छ । अन्य छ जनाको अवस्था सामान्य रहेको बताइएको छ । ‘मेड ...