मुख्य समाचार
रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताए
रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताए

: रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्‍याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर म आज उभिएर सिङ्गो कर्णालीलाई बाचा गर्न चाहन्छु तपाईंले हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन, कर्णालीले विकास मागेको छ। खोजेको छ।’ उनले भने,‘रास्वपा सरकारमा रहुन्जेलसम्म चाहे कर्णालीले एक जनापनि नपठाओस्, कर्णालीले एक भोट नदिएपनि रास्वपाको प्राथमिकतामा रहने छ।’

कर्णालीसँग सौदा गर्न नआएका बताउँदै सभापति लामिछानेले कर्णालीका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएको धारणा राखे।सभापति

लामिछानेले स्थानीय तहको उम्मेदवारको विषयमा कुनै नेतासँग म नजिक छु भन्दै तस्बिर बेच्न नपाइने स्पष्ट पारे। ‘एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू कार्यकर्ताहरूबाट घेरिन्छन्, तिनै साथीहरू वरपर फोटोमा देखिन्छन्, यीनै तस्बिर देखाएर उस्तै परे मै हुँ यसपटकको उम्मेदवार पनि भन्न भ्याउँछन् होला साथीभाइहरू, तर त्यो फोटो बेच्न त पाइँदैन।’

उनले राजनीतिक दलमा लागे पार्टीको झोले भनेर मानिसहरूले आलोचना गर्ने, विरोध गर्ने तथा अपमानित गर्ने चलन वर्षौँदेखि चल्दै आएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई जासुरी उपन्यासको पात्रजस्तो भन्दै टिप्पणी गरेका छन् । शनिबार एमालेको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले एमालेको राजनीतिक प्रतिद्वन्द्वी मानिएका प्रधानमन्त्री बालेनबारे भेउ नपाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । ‘रवि लामिछाने अभिव्यक्ति आजको हाम्रो प्रतिद्वन्द्वी हो कि, बालेन शाहको मौनता हाम्रो प्रतिद्वन्द्वी हो ? त्यसको ...
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरता लिनुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल संकलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा ...
। नेपाली कांग्रेसले सरकारलाई शैली सच्याएर विधि र संवैधानिक मर्यादामा रहेर जनसरोकारमा केन्द्रित हुन सचेत गराएको छ । केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्दै कांग्रेसले शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई सचेत गराएको हो । बैठकले गरेको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस सरकारलाई पुन: स्पष्ट पार्न चाहन्छ– हामी सरकारको असफलता चाहँदैनौ, देशको ...
। नेपाली कांग्रेसले ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका बैठकका निर्णयअनुसार प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक ...
: भारत–नेपाल सीमास्थित खुनुवा नाकाबाट अवैध रूपमा भारतीय रुपैयाँ नेपाल भित्र्याउन खोज्ने दुई जनालाई भारतीय सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कार जाँच गर्ने क्रममा ३ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको हो। कारबाट ५ सय दरका ६९५ थान भारतीय नोट फेला ...