: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको भन्दै प्रश्न गर्न वा बोल्न नछोड्ने बताएका हुन्।
उनले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासले आफू नडराउने र कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुने उल्लेख गरे। उनले स्थानीय तहको कार्यकाल सकिँदा नयाँ निर्वाचित प्रतिनिधि छानिनुपर्ने भएपनि सरकारले निर्वाचनको तयारी नगरेको टिप्पणी गरे। संघीय निर्वाचनमा जित्न नसके पनि अब स्थानीय तहको निर्वाचन जिताएर कांग्रेसप्रति जनताको विश्वास कायम रहेको प्रमाणित गर्नुपर्ने उनको भनाई छ।
उनले आगामी निर्वाचनका लागि टिकट प्रक्रियामा प्राइमरी प्रोसेस लागू हुने धारणा राखे।