मुख्य समाचार
पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु
पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु

। पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ । दुर्घटनामा हेलिकोप्टरका पाइलट भने जीवितै रहेको पेरूको रक्षा मन्त्रालयले जनाएको छ ।

लागुऔषध उत्पादन तथा तस्करीका लागि कुख्यात दुर्गम क्षेत्रमा बिहीबार राति हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर अपुरिम्याक, एने र मन्तारो नदीको उपत्यका (भ्राएम) क्षेत्रमा पर्ने सनाबाम्बा सहरनजिक दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

सैनिकको गस्ती टोलीलाई उक्त क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा लैजाने अभियानमा हेलिकोप्टर खटिएको थियो । बीबीसीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरले तीन सैनिकको उद्धार गरिसकेको थियो ।

पेरूको रक्षा मन्त्रालयले खोजी तथा उद्धार अभियानका क्रममा दुर्घटनाग्रस्त हेलिकोप्टर र त्यसमा सवार नौ सैनिक फेला परेका जनाएको छ । जसमध्ये आठ सैनिकको मृत्यु भएको छ भने पाइलट एक्लै जीवित बच्न सफल भएका छन् ।


दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उद्धार गरिएका तीन सैनिकलाई कुन कारणले उद्धार गर्नुपरेको थियो भन्नेबारे पनि अधिकारीहरूले स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
संयुक्त राष्ट्रसंघका खाद्यसम्बन्धी निकायहरूले गाजामा भोकमरीको अवस्था अझै गम्भीर रहेको बताएका छन् । यद्यपि, गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि मानवीय सहायता उपलब्ध गराउने क्षेत्रमा केही सुधार देखिएकाले प्यालेस्टिनी क्षेत्रलाई भोकमरीको जोखिमसम्बन्धी प्रतिवेदनमा एक तह तल झारिएको छ । एसोसिएटेड प्रेस (एपी) का अनुसार संयुक्त राष्ट्रसंघका खाद्य निकायहरूले आफ्नो पछिल्लो प्रतिवेदनमा गाजामा मानवीय सहायताका क्षेत्रमा भएका सुधारलाई ‘नाजुक ...
। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा १२ वर्षपछि लेबर पार्टीको सरकार पराजित भएको छ। शनिबार सम्पन्न राज्य निर्वाचनमा लिबरल–नेसनल गठबन्धनले जित हासिल गरेसँगै ३६ वर्षीया लिबरल नेतृ जेस विल्सन राज्यको नयाँ प्रिमियर बन्ने भएकी छन्। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले निर्वाचन परिणामका आधारमा गठबन्धनको जित घोषणा गरेको छ। यससँगै सन् २०१४, २०१८ र २०२२ को निर्वाचन जित्दै लगातार ...
: स्पेनको क्यानरी आइल्यान्ड्स नजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियाबाट करिब १०० जना आप्रवासी बोकेर युरोपतर्फ जाँदै गरेको उक्त डुङ्गा इन्जिन बिग्रिएपछि ३ दिनसम्म समुद्रमै अलपत्र परेको थियो । खाना र पानी सकिएपछि भोक र प्यासका कारण उनीहरूको ज्यान गएको उद्धार अधिकारीहरूले जनाएका छन् ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्नु अनौठो भएको टिप्पणी गर्दै आक्रमणकारी र हत्यारा कहिल्यै मित्र हुन नसक्ने बताएका हुन् । किभस्थित आफ्नो कार्यालयमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा अमेरिकाले ...
: अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने हवाई यातायात प्रभावित भएको छ। आँधी गएको एक दिन बितिसक्दा पनि धेरैजसो क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन। बिहीबार अमेरिकाको पूर्वी तटीय क्षेत्रमा तीव्र वेगको हावाहुरी र भारी वर्षासहित भीषण आँधी आएको थियो। आँधीपछिको वर्षाले तटीय क्षेत्रहरूमा बाढीको जोखिम बढाएको ...