मुख्य समाचार
देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी
देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी

: नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गरे। विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने उनको भनाइ छ। उनले सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्षमा फैसला भयो भन्दै दाबी गर्नुको औचित्य नरहेको स्पष्ट पारे।

महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्दै महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको बताए। पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।

कांग्रेसको देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको महतले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी ...
: नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्तर्क्रिया नगर्ने बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन्। null उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहबीच अनुभव आदानप्रसाद र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्नसके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका हुन् । तानसेन नगरपालिकाको आयोजना र एसिया फाउन्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उनले ...
। नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको छ । देउवा समूहले रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरेर गतिविधिहरू सञ्चालन नगर्न आग्रह गरेको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री ...
: चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतबाट जेन्जी आन्दोलनमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भन्ने रघु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार तामाङलाई काठमाडौंको बौद्धस्थित माकलबारी बस पार्क क्षेत्रबाट शुक्रबार साँझ ५:३० बजे नियन्त्रणमा लिइएको हो। प्रहरी वृत्त जनसेवाबाट २०८२ भदौ १५ गते ...