मुख्य समाचार
खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ
खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ

। खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले शनिबार बिहान ४ बजे बजारमा पुगेर जाँच गर्दा ८ जना व्यक्तिले करिब ५६७ किलो बाख्राको मासु भ्यान र पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा र धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् ।्


यस्तै, धादिङकै २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् । रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताएका हुन् । ‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु ...
। नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणको काम अगाडि नबढेपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका छन् । पुल निर्माणस्थलको अवलोकन गर्न पुगेका मन्त्री लम्सालले पुल निर्माणको भौतिक प्रगति ज्याँदै कम देखेपछि ठेक्का तोड्ने धम्की दिएका हुन् । ‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने, ‘यस्ताले ...
। नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सहमहामन्त्री परमेश्वर साहले लहान नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार नेपाल प्रेस युनियन सिरहा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले आगामी स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । करिब ३० वर्षदेखि नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय साह नेविसंघ सिरहाका पूर्वजिल्ला अध्यक्षसमेत हुन् ...
। झारफुक गरेर निको पार्ने भन्दै महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा देखिएका आधारमा ती झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४६ वर्षीय कालीबहादुर रोकाया रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार गते दिउँसो करिब १२ बजे प्रहरी ...
: नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्तर्क्रिया नगर्ने बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन्। null उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण ...