मुख्य समाचार
हानिनोक्सानी कोषको रकम ल्याउन प्रस्ताव आह्वान
हानिनोक्सानी कोषको रकम ल्याउन प्रस्ताव आह्वान

: १० भदौमा आएको भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पत्राचार गरे। उक्त बाढी जलवायु परिवर्तनकै कारण आएको वैज्ञानिक पुष्टि भएको भन्दै सहयोग पाउनुपर्ने दाबी नेपालको थियो। जवाफमा कोषले भोटेकोशी बाढीलाई सम्बोधन गर्न करिब २१.६ मिलियन डलर सहयोग गर्ने घोषणा गर्‍यो।

रकम कसरी, कहिले आउँछ भन्ने स्पष्ट थिएन। तर, बुधबार सरकारले उक्त रकम भित्र्याउनका लागि १० दिनको म्याद दिएर प्रस्ताव आह्वान गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुमति प्राप्त इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई प्रस्ताव बुझाउन आह्वान गरेको छ।

मन्त्रालयकी सहसचिव दीपा ओलीका अनुसार प्रस्तावका लागि बुधबार सूचना सार्वजनिक गरिएको छ। प्रस्ताव निकालेको १० दिनभित्र पठाइसक्नु पर्नेछ। ओलीले भनिन्, ‘यसै डिसेम्बरमा हानि तथा नोक्सानी कोषमा प्रस्ताव बुझाउने गरी १० दिनको समयसीमा राखिएको हो।’

जलवायु वित्त परिचालन कार्यविधि, २०८२ अनुसार उक्त प्रस्ताव जलवायु वित्त तथा विकास समन्वय शाखाअन्तर्गत मन्त्रालयले स्वीकार गर्ने जनाएको छ।
ओलीका अनुसार आएका प्रस्तावहरूमध्येबाट विश्लेषण गरेर कामको जिम्मेवारी दिइनेछ। अहिले नै कसले काम गर्न पाउँछन् भन्न नसकिने उनले बताइन्। ‘मन्त्रालयमा आउने प्रस्तावहरूको विश्लेषण गरेर छनोटमा परेकालाई अर्थ मन्त्रालयको सहमति लिएर हानि तथा नोक्सानी बोर्डमा पठाइन्छ,’ ओलीले भनिन्।

प्रस्ताव छनोट प्रक्रियाका लागि एउटा कमिटी गठन भएको छ। अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, संकट व्यवस्थापन तथा विपद् प्रतिक्रिया केन्द्र (सीएमडीआर) लगायत सबै अन्तरमन्त्रालयको समन्वयमा कमिटी बनेको पनि उनले जानकारी दिइन्।

हानि तथा नोक्सानी कोषले नेपालका लागि पैसा छुट्ट्याइसकेकाले सुरक्षित रहेको छ। त्यसैले नेपालले पठाएको प्रस्ताव अस्वीकार हुने सम्भावना नरहे पनि प्रक्रियाहरू भने संशोधन हुन सक्ने सम्भावना रहन्छ।

ओलीका अनुसार २१.६ मिलियन डलर उपलब्ध गराउने भनिएको छ। त्यसमा २० मिलियन सरकारले पाउँछ भने बाँकी पैसा काम गर्ने संस्थालाई जानेछ। सामान्यतया हानिनोक्सानी कोषबाट रकम भित्र्याउनका लागि प्रक्रियागत रूपमा जाने हो भने निकै समय लाग्छ। तर, यस कोषले पहिलो पटक विपद्को घटनालगत्तै सहयोग गर्ने निर्णय गरेको हो।

जलवायु वित्तका विज्ञ राजु पण्डित क्षेत्रीका अनुसार, विगतमा हानिनोक्सानी कोषको कार्यविधि नै थिएन। तर, यस पटक नियमित र पहिला तय गरेको भन्दा फरक अर्थात् ‘एक्स्ट्राअर्डिनरी’ बैठक गरेर नेपाललाई सहयोग गर्ने निर्णय गरिएको थियो। क्षेत्रीले भने, ‘यस्तो खालको निर्णय कोषले पहिलो पटक गरेको हो। कार्यविधिमा नभएको विषयलाई उनीहरूले नयाँ कार्यविधिमार्फत निर्णय गरे।’

क्षेत्रीका अनुसार नेपालले उक्त रकम कसरी सदुपयोग गर्छ, कामको जिम्मेवारी कसलाई दिन्छ लगायतका विषय खुलाएर प्रस्ताव पठाउनुपर्ने हुन्छ। ‘जति छिटो प्रस्ताव पठायो, उति नै छिटो निर्णय हुन्छ,’ क्षेत्रीले भने। कोषको मापदण्डअनुसार हरित जलवायु कोष, अनुकूलन कोष र ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटीमा आबद्ध संस्थालाई मात्रै काम गर्ने अनुमति दिइन्छ। यिनै संस्थाहरूमा आबद्ध संस्थालाई सरकारले अनुमति दिनुपर्ने हुन्छ।
यस कोषमा यतिबेला ३५० मिलियन अमेरिकन डलरमात्रै छ र त्यसैबाट २१.६ मिलियन डलर नेपाललाई प्रदान गरिनेछ। नेपालमा आउँदो मार्चमा हानि तथा नोक्सानी कोषको ११औं बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हनुमानढोका दरबारको नासलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली(ङतभुलु अजिमा)को परम्परागत नाच देखाइएको छ । हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नासल चोकमा नाच देखाइएको हो । शनिबार नाचको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नी सहित नासलचोकमा पुगेका थिए । राष्ट्रपति बाहेक काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल, कांग्रेस सभापति गगन थापा ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न ...
। खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले शनिबार बिहान ४ बजे बजारमा पुगेर जाँच ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् । रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताएका हुन् । ‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु ...
। नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणको काम अगाडि नबढेपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका छन् । पुल निर्माणस्थलको अवलोकन गर्न पुगेका मन्त्री लम्सालले पुल निर्माणको भौतिक प्रगति ज्याँदै कम देखेपछि ठेक्का तोड्ने धम्की दिएका हुन् । ‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने, ‘यस्ताले ...