मुख्य समाचार
हनुमानढोका दरबारको नासल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली
हनुमानढोका दरबारको नासल चोक डबलीमा छमछमी नरदेवी श्वेतकाली

। हनुमानढोका दरबारको नासलचोक डबलीमा शनिबार नरदेवी श्वेतकाली(ङतभुलु अजिमा)को परम्परागत नाच देखाइएको छ ।

हरेक १२ वर्षमा‌ आयोजना हुने परम्परागत नरदेवी श्वेतकाली नाचको अन्तिम दिन आज नासल चोकमा नाच देखाइएको हो ।

शनिबार नाचको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पत्नी सहित नासलचोकमा पुगेका थिए । राष्ट्रपति बाहेक काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल, कांग्रेस सभापति गगन थापा पनि नाच हेर्न पुगेका थिए ।

यस वर्ष मंसिर ९ गतेबाट सुरु भएको नरदेवीको श्री श्वेतकाली घ:छे बाट आरम्भ भएको थियो । सो नाच त्यसपछि तलेजु भवानी मन्दिर परिसर, कुमारी घरअगाडि रहेको डबलीमा पनि देखाइएको थियो ।

यस नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी, महादेव गरी १९ देवीदेवता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। डोटीमा घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । २३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी ...
: १० भदौमा आएको भोटेकोशी बाढीपछि अर्थ मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले संयुक्त रूपमा हानि तथा नोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) लाई पत्राचार गरे। उक्त बाढी जलवायु परिवर्तनकै कारण आएको वैज्ञानिक पुष्टि भएको भन्दै सहयोग पाउनुपर्ने दाबी नेपालको थियो। जवाफमा कोषले भोटेकोशी बाढीलाई सम्बोधन गर्न करिब २१.६ मिलियन डलर ...
। नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनका लागि प्रचारप्रसार तथा सञ्चार व्यवस्थापन गर्न स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरेको छ । महाधिवेशनका लागि गठित देउवा समूहको प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न ...
। खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले शनिबार बिहान ४ बजे बजारमा पुगेर जाँच ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि कर्णालीको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन् । रास्वपाले सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै लामिछानेले विकासलाई निर्वाचनको परिणामसँग जोड्न नहुने बताएका हुन् । ‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु ...