मुख्य समाचार
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन
भक्तपुरका मेयर भन्छन्- बहुमत आएर मात्रै सबैकुरा ठिक हुँदैन

। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार भक्तपुर नगरपालिका– १ मा आयोजित कार्यक्रममा उनले नागरिक भावना, कर्तव्य र सामूहिक प्रयासबाट भक्तपुरलाई नमुना र व्यवस्थित बनाउन सकिने बताएका हुन् ।




उनले भक्तपुरमा तुलनात्मक रूपमा सरसफाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति भइरहेको पनि बताए ।

भक्तपुरको पहिचान क्षेत्रले मात्र नभई यहाँका जनताको इमानदारी, अनुशासन र सचेतनाले बनेको उनको टिप्पणी थियो ।


निर्वाचनमा बहुमत आउनुले मात्र सबै कुरा सही नहुने तर्क गर्दै राजनीतिक निर्णय र त्यसको दीर्घकालीन प्रभावबारे सोच्नुपर्ने नगरप्रमुख प्रजापतिले बताए ।

सुशासन र कानुनी शासन व्यवहारमा देखिनुपर्ने बताउँदै उनले सङ्गठित अपराध वा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने प्रवृत्तिको आलोचना गरे ।

प्रजापतिले विगतमा काठमाडौंको रानीपोखरी पुनर्निर्माण तथा अन्य स्थानका काममा भक्तपुरको नेतृत्व र जनशक्ति परिचालन गरी सफलता हासिल गरिएको अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी ...
। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली शैलीमा विवाहको मिति घोषणा गरेका हुन् । ‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री ...
: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो। जनकपुरधामका नगरप्रमुख ...
। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो । एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा ...
: बोडेस्थित होल्डिङ सेन्टरमा रहेका बिस्थापित सुकुम्बासीलाई फकाउन शनिबार साँझ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल पुगेकी छन्। उनले त्यहाँ बसिरहेका बिस्थापित सुकुम्बासीलाई सरकारको तर्फबाट आस्वस्त पार्न प्रयास गरिन्। मन्त्री रावलले सरकार सुकुम्बासी ब्यवस्थापनमा प्रतिवद्ध रहेको र आफूले सुकुम्बासीलाई उनीहरूको स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा रहेको दाबी गरेकी छन्। जग्गा ...