मुख्य समाचार
यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ
यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ

: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।

शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए।

दुर्घटनालगत्तै प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले घाइते खत्रीलाई उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ का ५४ वर्षीय निरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...
: मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी ...
। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली शैलीमा विवाहको मिति घोषणा गरेका हुन् । ‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री ...
: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो। जनकपुरधामका नगरप्रमुख ...
। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्न अर्थ मन्त्रालयलाई अधिकार प्रदान गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थमन्त्रालयलाई प्रदान गरेको हो । एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा ...