मुख्य समाचार
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

: मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी पुग्दा पाख्रिन घरभित्र सुत्ने कोठामा मृत अवस्थामा थिइन्।

रमेशले मादक पदार्थ सेवन गरी श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी हुन् । प्रहरीले घटनास्थलमा पुगेर बुझ्ने तथा आवश्यक अनुसन्धान गर्ने कार्य गरेको र

घटनामा संलग्न श्रीमान् रमेश पाख्रिनलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत छ भने कारबाही गरेर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...
: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी ...
। गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते विवाह बन्धनमा बाँधिन लागेको बताएका छन् । शनिबार सुनसरीको इटहरीमा सुरु भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले ठट्यौली शैलीमा विवाहको मिति घोषणा गरेका हुन् । ‘सबैजनामा कौतूहलता र कन्फ्युजन पनि छ जस्तो लाग्छ, १७ गतेको कुरा बेसी आइरहेको छ,’ गृहमन्त्री ...
: जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो। दशकौंदेखि भगवान रामसीताको विवाहको दिनलाई जिवन्त पार्दै जनकपुरमा सीताराम विवाह पञ्चमी महोत्सव मनाउँदै आएको हो। जनकपुरधामका नगरप्रमुख ...