मुख्य समाचार
नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने
नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने

: नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने भएको छ।

केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारमा कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको हो। बैठकले कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न सरकारलाई सचेत गराउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

बैठकले संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको पौडेलले बताए। प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका विभिन्न अध्यादेश तत्काल फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्नसमेत बैठकले माग गरेको पौडेलको भनाइ छ।

बैठकले सीमासम्बन्धी विषयहरूलाई द्विपक्षीय संवादको मूल एजेन्डामा कायम राख्न, विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउन र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ। साथै, बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा चुनाव चिह्न ‘रुख’को अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अनधिकृत गतिविधि सञ्चालन गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको महामन्त्री पौडेलले उल्लेख गरे।

भ्रमपूर्ण कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुक सबैमा अपिल गरिएको उनले बताए। बैठकले ‘कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लाई परिमार्जन गरी पारित गर्दै कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार साँझ ६ बजेतिर झुम्का बजार क्षेत्रबाटइनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। झुम्का बजारमा लागूऔषधको कारोबार भइरहेको जानकारी आएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर ...
। नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत छ भने कारबाही गरेर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...
: मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन्। इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गएराति अन्दाजी ९ बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनी स्थानीयमार्फत प्रहरीलाई जानकारी प्राप्त भएको थियो। प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी ...
: कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले बाटो काट्ने क्रममा स्थानीय ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका स्थायी बासिन्दा खत्री बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै प्रहरी चौकी ...