मुख्य समाचार
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा

: सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार साँझ ६ बजेतिर झुम्का बजार क्षेत्रबाटइनरुवा नगरपालिका–३ का ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

झुम्का बजारमा लागूऔषधको कारोबार भइरहेको जानकारी आएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा सडक छेउमा प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसिरहेका अधिकारी र पोदारमाथि शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १४ ग्राम ७० मिलिग्राम (१४.०७ ग्राम) ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीले बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री सुधन गुरुङले बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनको मुद्दा लगाउने चेतावनी दिएका छन् । शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् । ‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री ...
। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो । पक्राउ पर्नेमा ...
: नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारमा कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको हो। बैठकले कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र ...
। नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले आफूहरूलाई कारबाहीको धम्की दिइएको भन्दै कारबाहीसँग नडराउने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेका नेता बस्नेतले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै यस्तो बताएका हुन् । शनिबार सर्लाहीमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘म यस मञ्चबाट भन्न चाहन्छु, हिम्मत र ताकत छ भने कारबाही गरेर ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा अयाोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाए । मजदुर, सुकुमवासी, ...