मुख्य समाचार
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाई लागूऔषध कोकेनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ
नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाई लागूऔषध कोकेनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ

: नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाई लागूऔषध कोकेनको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठमेलस्थित एक होटलबाट ३ किलो कोकेनसहित दक्षिण कोरियाली र भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दक्षिण कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे रहेका छन्। प्रहरीले गत मंसिर ११ गते होटलको कोठामा ह्यान्ड ब्यागेजभित्र 'फल्स बटम'बनाई लुकाएर राखेको अवस्थामा उक्त कोकेन बरामद गरेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा कोरियाली नागरिक लीले दक्षिण अमेरिकी मुलुक पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै गत मङ्सिर १० गते उक्त कोकेन काठमाडौँ ल्याइपुर्‍याएको खुलेको छ। काठमाडौँ आइपुगेपछि भारतीय नागरिक वाघमारे उक्त कोकेन रिसिभ गरी भारतको मुम्बई लैजाने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट ‘स्टेट रिजर्भ पुलिस फोर्स’प्रहरीको परिचयपत्र समेत फेला परेको छ। सुटकेस साटासाट गर्ने क्रममा दुवैजनाले गोप्य पासवर्डप्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

८७ वर्षीय कोरियन नागरिक ली यसअघि पनि १९ जुलाई २०२६ मा नेपाल आएर ३ दिन ठमेलस्थित होटलमा बसेर पुनः कोरिया फर्किएको अध्यागमन रेकर्डबाट देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ३ केजी कोकेनसहित १ थान पासपोर्ट, १ थान आधारकार्ड र २ थान मोबाइल बरामद गरेको छ।

अवैध बजारमा प्रतिग्राम ५० हजार रुपैयाँका दरले बरामद कोकेनको मूल्य करिब १५ करोड रुपैयाँ पर्न आउने ब्यूरोले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन्। प्रहरीले उनको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थायी घर भइ हाल बिर्तामोड नगरपालिका-५ जिर्गाटोलस्थित वसन्त पवन तिम्सिनाको घरमा कोठा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ...
: सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। आइतबार दिउँसो १३:१५ बजेतिर काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो। घाइते हुनेमा सुनसरी,बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराई,उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई,निजका छोरा अन्दाजी ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर सोही अनुसारको गतिविधि गर्नेंलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ। आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित 'हामी तयार छौं' अभियानअन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए ...