मुख्य समाचार
कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी
कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी

: नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरित चल्ने पार्टीका नेता,कार्यकर्तामाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको प्रभावमा परेर सोही अनुसारको गतिविधि गर्नेंलाई पार्टीले कारबाही गर्ने उनको भनाइ छ।

आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित 'हामी तयार छौं' अभियानअन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पनि पार्टीको विधान विपरित काम गरेको पाइए कारबाही हुनेमा स्पष्ट हुन सचेत गराए।

कांग्रेसबाट निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीको हित विपरित गतिविधि नगर्न पनि सचेत गराए।
सभापति थापाले पार्टी कांग्रेसको हित विपरित काम गर्नेहरू पार्टीमा नरहने पनि बताए । सभापति थापाले आफूले सबै समूहलाई एकतावद्ध गराएर लैजाने प्रयासलाई जारी राखेको पनि बताए। त्यसैगरी उनले सरकारले गरेका सबै गलत कुराहरूको भण्डाफोर गर्ने चेतावनी समेत दिए ।

सभापति थापाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेको सन्देश दिने गरी देशभर अभियान संचालन गर्ने पनि बताए । उनले सुकुम्बासीको विषय,बाढी पीडितहरूको विषयमा पनि सरकारको गलत कामको विषयलाई लिएर जनतामा जाने बताए।

सभापति थापाले सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानविन गर्न कांग्रेस तयार रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको बिर्तामोडबाट लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन्। प्रहरीले उनको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थायी घर भइ हाल बिर्तामोड नगरपालिका-५ जिर्गाटोलस्थित वसन्त पवन तिम्सिनाको घरमा कोठा ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ...
: सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन्। आइतबार दिउँसो १३:१५ बजेतिर काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१-०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको हो। घाइते हुनेमा सुनसरी,बराहक्षेत्र नगरपालिका–८ बस्ने अन्दाजी ४२ वर्षीय चालक मातृका भट्टराई,उनकी श्रीमती अन्दाजी ३८ वर्षीया प्रमिला भट्टराई,निजका छोरा अन्दाजी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए ...
: प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएपछि कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्था कडा पारिँदै छ। प्रतियोगिताको उद्घाटन समारोहसहित समग्र खेल अवधिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुर्खेतमा विशेष सुरक्षा समन्वय बैठक भइरहेको छ। आगामी मङ्सिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ। प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिको ...