मुख्य समाचार
सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिए
सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिए

। जारी पर्वतारोहण सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् ।
कुल ५० हिमाल आरोहण गर्न अनुमति जारी भएको विभागको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै मनास्लु आरोहणमा ४३ समूहका १ सय २७ महिला सहित ५ सयले अनुमति लिएका छन् । अमादब्लम चढ्न ४० समूहका १ सय १६ महिला सहित ४ सय ७६ ले अनुमति लिएका छन् ।

त्यस्तै हिमलुङ हिमाल आरोहण गर्न १३ समूहका २१ महिला सहित १ सय ३० ले अनुमति लिएका छन् । बरुणत्सेमा ६ समूहका ६५ ले अनुमति लिएको विभागको तथ्यांक छ ।


यो सिजनमा आरोहीबाट विभागले ३३ करोड ४२ लाख ८६ हजार ६ सय १७ रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ । यो सिजनमा ७७ देशका आरोही हिमाल चढ्न आएका छन् ।

तीमध्ये फ्रान्सबाट २१ महिला सहित १ सय ५०, चीन ४४ महिला सहित १ सय ४६, अमेरिका ३३ महिला सहित १ सय ३०, रुस ३७ महिला सहित १ सय २४ र बेलायतबाट १६ महिला सहित १ सय १२ आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताए । निर्माणको जिम्मा पाएको ...
। सरकारले बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक केन्द्र विकास सम्बन्धी कार्यक्रम उपहानगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्र विकास सम्बन्धी कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा यसबारे उल्लेख छ । यसमार्फत जनकपुर क्षेत्रका धार्मिक, सांस्कृति, ऐतिहासिक ...
: झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै भित्रिएको ७ किलो गाँजासहित विमानस्थलमा शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार शनिबार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएको बीजी–३७१ नम्बरको उडानमार्फत आएका एक भारतीय नागरिक ...
। परराष्ट्रमन्त्री शिशिर खनालले उद्योग, व्यवसाय तथा लगानीका लागि सहज वातावरण निर्माण गर्न सरकारले कानुन संशोधनको काम अघि बढाइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ का बासिन्दासँग आइतबार भएको भेटघाटमा उनले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । मन्त्री खनालले सरकारले केही हप्ताभित्रै कुन–कुन कानुन संशोधन गर्न लागिएको ...