मुख्य समाचार
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त

। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताए । निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ । पुलका केही पिल्लर मात्र निर्माण भएका छन् ।

स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्। कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका अध्यक्ष वा वडाध्यक्षले पार्टीमा ...
। सरकारले बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक केन्द्र विकास सम्बन्धी कार्यक्रम उपहानगरपालिकालाई हस्तान्तरण गरेको छ । केन्द्र विकास सम्बन्धी कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा यसबारे उल्लेख छ । यसमार्फत जनकपुर क्षेत्रका धार्मिक, सांस्कृति, ऐतिहासिक ...
। जारी पर्वतारोहण सिजनमा हिमाल चढ्न १ हजार ६ सय ३३ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् । कुल ५० हिमाल आरोहण गर्न अनुमति जारी भएको विभागको तथ्यांक छ । यसमध्ये सबैभन्दा धेरै ...
: झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-७ निवासी अन्दाजी ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति प्र १–०१–०१३ प २५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुल ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट बंगलादेश हुँदै भित्रिएको ७ किलो गाँजासहित विमानस्थलमा शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार शनिबार थाइल्यान्डबाट बंगलादेश हुँदै नेपाल आएको बीजी–३७१ नम्बरको उडानमार्फत आएका एक भारतीय नागरिक ...