मुख्य समाचार
इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण
इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण

: इजरायली वायुसेना (IAF) ले इरानको मध्य र पश्चिमी क्षेत्रमा रहेका सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ। इजरायली आक्रमण लगत्तै इरानको सरकारी टेलिभिजनले देशका प्रमुख सहरहरू शक्तिशाली विस्फोटले थर्किएको पुष्टि गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, 'राजधानी तेहरान, तब्रिज र इस्फहानमा एकपछि अर्को गर्दै कयौँ शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन्।' यसका साथै मध्य इरानको 'करज' सहर वरपर पनि ठूला विस्फोटहरू भएका छन्। यसअघि इरानले इजरायलमाथि दर्जनौँ मिसाइलहरू प्रहार गरेको थियो। सोही हमलाको जवाफी कारबाही स्वरूप इजरायलले इरान भित्रै पसेर यो ठूलो हवाई आक्रमण गरेको हो।

यसैबीच, इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक विज्ञप्ति जारी गर्दै इजरायलमाथि गरिएको आक्रमण केवल एउटा चेतावनी (ट्रेलर) मात्र भएको बताएको थियो । इरानको यो भयानक चेतावनी र इजरायलको आक्रामक जवाफले मध्यपूर्वी क्षेत्र अब पूर्ण रूपमा एउटा विनाशकारी युद्धको भुमरीमा फसेको छ, जसले विश्वभरकै अर्थतन्त्र र शान्तिमा ठूलो धक्का पुर्‍याउने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...