मुख्य समाचार
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी

: अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी दिएको छ। आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले सोमबार अस्ट्रेलियाको नेसनल प्रेस क्लबमा बोल्दै अहिलेको अवस्था सन् १९७३ र १९७९ को ऐतिहासिक तेल संकटभन्दा पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे।


इरानले हर्मुज जलमार्ग बन्द गरेपछि यसमा निर्भर रहने एसियाली मुलुकहरू संकटको अग्रपङ्क्तिमा रहेका छन्। बिरोलका अनुसार यो समस्याको एकमात्र मुख्य समाधान हर्मुज व्यापार मार्ग खुला गर्नु नै हो। 'अहिले तेल र ग्यास मात्र होइन, विश्व अर्थतन्त्रका महत्वपूर्ण अङ्ग मानिने पेट्रोकेमिकल, रासायनिक मल, सल्फर र हिलियम जस्ता वस्तुको व्यापार समेत अवरुद्ध भएको छ, जसको गम्भीर असर विश्व अर्थतन्त्रमा पर्नेछ,' बिरोलले भने।


आईईएले विश्व बजारमा तेलको आपूर्ति बढाउन क्यानडा र मेक्सिकोसँग छलफल गरिरहेको छ। हालसम्म ४० करोड ब्यारेल तेल बजारमा पठाइसकिएको र आवश्यकता परे थप तेल र प्रशोधित उत्पादनहरू उपलब्ध गराउन सकिने उनले बताए । इरानी मिसाइल आक्रमणका कारण कतारको तरल प्राकृतिक ग्यास निर्यात रोकिएको छ। अस्ट्रेलिया र अन्य देशले केही हदसम्म सहयोग गरे पनि मध्यपूर्वबाट हुने अभावलाई पूर्ण रूपमा पूर्ति गर्न नसकिने उनको भनाइ छ।



क्षेत्रका ९ देशका कम्तीमा ४४ वटा ऊर्जा केन्द्रहरूमा गम्भीर क्षति पुगेको छ। बिरोलका अनुसार ऊर्जा बचाउनका लागि कोभिडको समयमा जस्तै उपायहरू अपनाउनुपर्ने र कम आय भएका गरिब राष्ट्रहरूले यसको मार सबैभन्दा बढी खेप्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...