मुख्य समाचार
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी
अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी

: अन्तर्राष्ट्रिय ऊर्जा निकाय (IEA) ले वर्तमान ऊर्जा संकटलाई 'अत्यन्तै गम्भीर' संज्ञा दिँदै विश्व अर्थतन्त्र ठुलो जोखिममा रहेको चेतावनी दिएको छ। आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले सोमबार अस्ट्रेलियाको नेसनल प्रेस क्लबमा बोल्दै अहिलेको अवस्था सन् १९७३ र १९७९ को ऐतिहासिक तेल संकटभन्दा पनि चुनौतीपूर्ण रहेको उल्लेख गरे।


इरानले हर्मुज जलमार्ग बन्द गरेपछि यसमा निर्भर रहने एसियाली मुलुकहरू संकटको अग्रपङ्क्तिमा रहेका छन्। बिरोलका अनुसार यो समस्याको एकमात्र मुख्य समाधान हर्मुज व्यापार मार्ग खुला गर्नु नै हो। 'अहिले तेल र ग्यास मात्र होइन, विश्व अर्थतन्त्रका महत्वपूर्ण अङ्ग मानिने पेट्रोकेमिकल, रासायनिक मल, सल्फर र हिलियम जस्ता वस्तुको व्यापार समेत अवरुद्ध भएको छ, जसको गम्भीर असर विश्व अर्थतन्त्रमा पर्नेछ,' बिरोलले भने।


आईईएले विश्व बजारमा तेलको आपूर्ति बढाउन क्यानडा र मेक्सिकोसँग छलफल गरिरहेको छ। हालसम्म ४० करोड ब्यारेल तेल बजारमा पठाइसकिएको र आवश्यकता परे थप तेल र प्रशोधित उत्पादनहरू उपलब्ध गराउन सकिने उनले बताए । इरानी मिसाइल आक्रमणका कारण कतारको तरल प्राकृतिक ग्यास निर्यात रोकिएको छ। अस्ट्रेलिया र अन्य देशले केही हदसम्म सहयोग गरे पनि मध्यपूर्वबाट हुने अभावलाई पूर्ण रूपमा पूर्ति गर्न नसकिने उनको भनाइ छ।



क्षेत्रका ९ देशका कम्तीमा ४४ वटा ऊर्जा केन्द्रहरूमा गम्भीर क्षति पुगेको छ। बिरोलका अनुसार ऊर्जा बचाउनका लागि कोभिडको समयमा जस्तै उपायहरू अपनाउनुपर्ने र कम आय भएका गरिब राष्ट्रहरूले यसको मार सबैभन्दा बढी खेप्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...