मुख्य समाचार
'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम
'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम

: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ।


आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ठूलो योदान दिने भएको छ ।तेल आपूर्तिमा झन्डै आधा हिस्सा (१७ करोड २० लाख ब्यारेल) एक्लै अमेरिकाले बेहोर्ने भएकाे छ।


अमेरिकाले आफ्नो 'स्ट्राटेजिक पेट्रोलियम रिजर्भ' (एसपीआर) बाट १७ करोड २० लाख ब्यारेल तेल अर्को हप्तादेखि बजारमा पठाउन सुरु गर्नेछ। यो प्रक्रिया करिब १२० दिनसम्म चल्ने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले वर्तमान स्थितिलाई 'असाधारण चुनौती' को संज्ञा दिँदै आपूर्ति सहज बनाउन यो कदम अनिवार्य रहेको बताएका छन्।



इरान र खाडी देशहरूबीचको सामरिक मार्ग होर्मुज स्ट्रेटमा जहाजहरूमाथि भएको आक्रमणले विश्वव्यापी तेल आपूर्तिमा ठूलाे क्षति भएका कारण बजारमा मूल्य आकासिएपछि यो निर्णय लिइएको हो।

ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुन: भण्डारमा भर्ने योजना बनाएको छ । सामान्यतया यस्तो भण्डार पुन: भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।

आईईएसँग कति छ मौज्दात?

आईईएका सदस्य देशहरूसँग हाल १ अर्ब २० करोड ब्यारेल भन्दा बढी आपतकालीन तेल भण्डार छ। यसका अतिरिक्त निजी उद्योग क्षेत्रमा सरकारी दायित्व अन्तर्गत थप ६० करोड ब्यारेल तेल सुरक्षित रहेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...