मुख्य समाचार
'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम
'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम

: मध्यपूर्वमा बढ्दो सैन्य तनाव र 'होर्मुज स्ट्रेट' मा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणका कारण विश्व बजारमा देखिएको इन्धन अभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (IEA) ले ऐतिहासिक कदम चालेको छ।


आईईएका ३२ सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन भण्डारबाट कुल ४० करोड ब्यारेल कच्चा तेल विश्व बजारमा उपलब्ध गराउने सर्वसम्मत निर्णय गरेका छन्। एजेन्सीको उक्त निर्णयमा अमेरिकाले ठूलो योदान दिने भएको छ ।तेल आपूर्तिमा झन्डै आधा हिस्सा (१७ करोड २० लाख ब्यारेल) एक्लै अमेरिकाले बेहोर्ने भएकाे छ।


अमेरिकाले आफ्नो 'स्ट्राटेजिक पेट्रोलियम रिजर्भ' (एसपीआर) बाट १७ करोड २० लाख ब्यारेल तेल अर्को हप्तादेखि बजारमा पठाउन सुरु गर्नेछ। यो प्रक्रिया करिब १२० दिनसम्म चल्ने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले वर्तमान स्थितिलाई 'असाधारण चुनौती' को संज्ञा दिँदै आपूर्ति सहज बनाउन यो कदम अनिवार्य रहेको बताएका छन्।



इरान र खाडी देशहरूबीचको सामरिक मार्ग होर्मुज स्ट्रेटमा जहाजहरूमाथि भएको आक्रमणले विश्वव्यापी तेल आपूर्तिमा ठूलाे क्षति भएका कारण बजारमा मूल्य आकासिएपछि यो निर्णय लिइएको हो।

ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुन: भण्डारमा भर्ने योजना बनाएको छ । सामान्यतया यस्तो भण्डार पुन: भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।

आईईएसँग कति छ मौज्दात?

आईईएका सदस्य देशहरूसँग हाल १ अर्ब २० करोड ब्यारेल भन्दा बढी आपतकालीन तेल भण्डार छ। यसका अतिरिक्त निजी उद्योग क्षेत्रमा सरकारी दायित्व अन्तर्गत थप ६० करोड ब्यारेल तेल सुरक्षित रहेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम