मुख्य समाचार
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि

: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। इजरायलले ताङसिरीलाई निशाना बनाएको दाबी गरेको चार दिनपछि इरानले उक्त घटनाको स्वीकारोक्ति गरेको बीबीसीमा उल्लेख छ ।


इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स निकट मानिने तस्निम समाचार एजेन्सीद्वारा प्रकाशित विज्ञप्ति अनुसार, ताङसिरी टापु र तटीय क्षेत्रहरूको रक्षा कवचलाई सुदृढ पार्न र सैन्य बल परिचालन गर्न व्यस्त रहेका बेला घाइते भएका थिए। उपचारका क्रममा 'चोटको गम्भीरता' का कारण उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।


इरानी सेनाले आफ्ना कमाण्डरको अनुपस्थितिमा पनि ' इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स नेभी' ले हर्मोज जलडमरूमा आफ्नो निर्णायक नियन्त्रण कायम राखेको र शत्रुमाथि कडा प्रहार गरिरहेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'शत्रु पूर्ण रूपमा विनाश नभएसम्म हामी शान्त रहने छैनौँ।'



को हुन् ताङसिरी?

ताङसिरी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका सबैभन्दा वरिष्ठ कमाण्डरहरूमध्ये एक थिए। सामरिक रूपमा महत्वपूर्ण हर्मोज जलडमरूबाट हुने जहाजहरूको आवतजावतको निगरानी गर्ने मुख्य जिम्मेवारी उनकै थियो। उनले सामाजिक सञ्जाल 'एक्स' मार्फत इरानविरुद्ध आक्रामक हुने कुनै पनि जहाजलाई सो क्षेत्रबाट पार हुन नदिने चेतावनी दिँदै आएका थिए।

अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिने नेताका रूपमा चिनिने ताङसिरीलाई सन् २०१९ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो। इरानले स्ट्रेट नजिकै अमेरिकी जासुसी ड्रोन खसालेपछि अमेरिकी अर्थ मन्त्रालयले उनलाई प्रतिबन्धित सूचीमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...