मुख्य समाचार
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित

: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित गरिएको छ। उनीहरूलाई लिन जाने मिसन क्रू-१० नासाले स्थगित गरेको छ। यो मिसन हिजो अर्थात् मार्च १२ मा स्पेसएक्सको रकेट फाल्कन ९ बाट प्रक्षेपण गरिने योजना थियो।

रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा विफलताका कारण मिसन स्थगित गरिएको हो। बुच विल्मोर र सुनिता विलियम्स विगत नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अलपत्र परेका छन्। उनीहरु जुन २०२४ मा त्यहाँ पुगेका थिए। उनीहरु आठ दिनपछि फर्कने योजना थियो।

यी दुवै अन्तरिक्ष यात्री बोइङको स्टारलाइनर अन्तरिक्ष यान मार्फत आइएसएस पुगेका थिए। यो अन्तरिक्ष यान सेप्टेम्बरमा कुनै पनि चालक दल बिना नै पृथ्वीमा फर्किएको थियो।

फक्स न्यूजका अनुसार ISS सँग डकिङ गर्दा स्टारलाइनरमा हेलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूमा समस्या आएको जनाइएको छ।

नासाका अनुसार प्रक्षेपणको लागि अर्को समय मार्च १५ मा बिहान ४:५६ बजे पछि हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...

: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...