मुख्य समाचार
अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु
अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु

: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ।

केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो।

सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको खबर प्राप्त भएको थियो। खबर पाएलगत्तै पुगेका उद्धारकर्ताहरूले खोजी तथा राहत कार्य सुरु गरेका थिए। तर, विमानमा सवार पाँच जना वयस्क र एक बच्चा गरी सबै ६ जनाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका अनुसार विमान २४,००० फिटको उचाइमा उडिरहेका बेला पाइलटले पखेटा वा विमानमा बरफ जमेको जानकारी गराउँदै तल झर्न अनुरोध गरेका थिए।

एयर ट्राफिक कन्ट्रोलले तल झर्ने अनुमति दिएलगत्तै विमान अचानक दाहिनेतर्फ मोडिएको र त्यसपछि सञ्चार तथा डाटा ट्र्याकिङ सम्पर्क विच्छेद भएको थियो। बुधबार राति बसेको मेनोमोनी विमानस्थल आयोगको बैठकमा अध्यक्ष ड्यानियल जोन्सनले दुर्घटनामा ज्यान गुमाउने पाइलट रोन रिकभएको पुष्टि गरेका छन्।

बैठकको सुरुवातमा मृतकहरूप्रति सम्मान व्यक्त गर्दै जोन्सनले भने, 'मृतकहरूको सम्झनामा हामीले केही छिन मौनधारण गर्नुपर्छ।'

जोन्सनले आफूले रोन रिकलाई दशकौंदेखि चिनेको बताउँदै थपे, 'उहाँ एक असल व्यक्ति, अत्यधिक अनुभवी पाइलट र वुडभिलका एक सफल व्यवसायी हुनुहुन्थ्यो। उहाँको भण्डारण (वेयरहाउसिङ) व्यवसाय निकै सफल थियो।'

जोन्सनका अनुसार विमान सानो चट्याङसहितको आँधीमा फसेको र अध्याँरो भएपछि दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ। हाल अनुसन्धानकर्ताहरूले दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्। बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। यद्यपि, उनले चेतावनी दिँदै भने, 'यदि इरानले इजरायलमाथि आक्रमण गर्‍यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।' प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानले ...
: ग्रिनल्याण्ड सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आर्कटिक क्षेत्रमा 'ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खननको तयारी भइरहेको' भनी गरेको दाबीको स्पष्ट खण्डन गरेको छ। ग्रिनल्याण्डका उप-खानी मन्त्री जोर्गेन ह्यामेकेन-होल्मले अमेरिकी कम्पनीहरूबाट केही साना-तिना गतिविधिहरू भइरहेको स्वीकार गरे तापनि ठूलो मात्रामा हुने उत्खननभन्दा अझै धेरै टाढा रहेकाे जानकारी गराएका छन् । उनका अनुसार अहिले सीमित मात्रामा ...