मुख्य समाचार
अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाए
अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाए

: अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो।

अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिका फर्काइसकिएको जानकारी दिएका छन्। यद्यपि, विमानहरू हटाउनुको आधिकारिक कारणबारे भने पेन्टागनले केही खुलाएको छैन।

गत सेप्टेम्बर २७ मा ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड एयरबेसनजिकै तीनवटा शंकास्पद सवारी साधन देखिएपछि प्रहरीलाई सतर्क गराइएको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुरुमा 'आतंकवादसँग सम्बन्धित अपराध' को आशंकामा पाँच जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पछि धरौटीमा रिहा गरियो। त्यसलगत्तै छैटौँ व्यक्तिका रूपमा एक बेलायती-इरानी नागरिकलाई पनि पक्राउ गरी धरौटीमा छाडिएको छ।


वाइटहल स्रोतका अनुसार, अमेरिकाले विमानहरू हटाउने निर्णय फेयरफोर्ड एयरबेसको सुरक्षा घटनाकै प्रतिक्रियास्वरूप लिएको सम्भावनालाई अस्वीकार गर्न सकिँदैन। यो निर्णय राजनीतिक तहबाट नभई सैन्य तथा परिचालन (अपरेशनल) स्तरबाट लिइएको र अमेरिकी सेनाले यसबारे आफ्ना बेलायती समकक्षीहरूलाई पूर्वजानकारी गराएको बताइएको छ। बेलायती रक्षा मन्त्रालयले भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन।

घटनाको केही दिनपछि बेलायती राजनीतिज्ञ एन्डी बर्नहमले यस मामलामा इरानको हात रहेको 'बलियो संकेत' मिलेको दाबी गरेका थिए। तर, उनले आफ्नो दाबीको पुष्टि हुने कुनै थप विवरण भने सार्वजनिक गरेका छैनन्। अर्कोतर्फ, इरान सरकारले भने उक्त घटनामा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको भन्दै आरोपको खण्डन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सन्दर्भमा एक महत्वपूर्ण निर्णय लिएको दाबी गरेका छन्। उनले उक्त निर्णय शीघ्र कार्यान्वयनमा ल्याइने समेत स्पष्ट पारेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीले इरानको विषयमा एउटा निर्णय गरिसकेका छौँ, जसलाई म चाडै नै लागू गर्नेछु।' इरानको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अगाडि थपे,' इरान आन्तरिक ...
। अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि थप कडा मापदण्डहरू लागु गरेको छ । विद्यार्थी भिसामा अस्ट्रेलिया प्रवेश गर्नै कठिन बनाएको मात्र होइन, अस्ट्रेलिया पुगेपछि अर्को भिसा थप्दै जाने, पटक-पटक कोर्स वा संस्था बदल्दै बसाइँ लम्ब्याउने र पछि परिवार बोलाउने बाटो भने क्रमशः साँघुरो बनाउँदै लगेको छ। २ अक्टोबर २०२६ देखि लागू भएको नयाँ नियम त्यसैको पछिल्लो चरण ...
। अस्ट्रेलियामा आइतबारदेखि डेलाइट सेभिङ सुरु भएको छ। न्यु साउथ वेल्स, भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, तास्मानिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा बिहान २ बजे घडी एक घण्टा अगाडि सारेर ३ बजे बनाइएको छ। यससँगै अस्ट्रेलियाका यी क्षेत्रमा गर्मीयाममा साँझको उज्यालो समय लम्बिएको छ। काम वा अध्ययन सकेर घर फर्किने, व्यायाम गर्ने, घुमफिर गर्ने तथा बाहिरी गतिविधिका लागि अब ...
। अमेरिकी मध्यावधि निर्वाचनआउन केवल एक महिना बाँकी रहँदा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ज्येष्ठ नागरिकहरू लक्षित नयाँ आर्थिक राहतको घोषणा गरेका छन्। शुक्रबार अबेर राति सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत घोषणा गर्दै ट्रम्पले २ करोडभन्दा बढी ज्येष्ठ नागरिकहरूलाई ‘मेडिकेयर पार्ट बी’ प्रिमियममा सहयोग पुर्‍याउन करिब १०० डलर बराबरको चेक वा सोझै खातामा रकम पठाइने बताएका ...
। उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरीसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ । दक्षिण ...