ओसाका, अक्टोबर २ (न्यूज अन जापान) – जापानको हिगाशी-ओसाकामा एक महिलाको छुरा प्रहारबाट मृत्यु भएपछि एक पुरुष आफैं प्रहरीमा आत्मसमर्पण गरेका छन्।
अक्टोबर १ तारिख दिउँसो १:३० बजे तिर करिब ५० वर्ष उमेरका एक पुरुष हिराओका प्रहरी चौकीमा उपस्थित भई “मैले एकजनालाई छुरा हानेँ” भनी जानकारी गराएका थिए।
प्रहरी र दमकल अधिकारीहरू घटनास्थल पुगेपछि हाकोदोनो–चोस्थित एक भवनको तेस्रो तलामा महिलाको शव फेला परेको थियो। ती महिला करिब ३० वर्ष उमेरकी थिइन् र उनको छाती तथा शरीरका अन्य भागमा धेरै चोट देखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट रगतले रञ्जिएको भान्साको छुरा पनि बरामद गरिएको छ।
घटनापछि प्रहरीद्वारा ती पुरुषलाई पक्राउपूर्व सोधपुछ भइरहेको छ र आवश्यक प्रमाण सङ्कलनपछि उनलाई हत्या अभियोगमा औपचारिक रूपमा गिरफ्तार गरिने बताइएको छ।