मुख्य समाचार
जापानको राष्ट्रिय स्टेडियमको नामाङ्कन अधिकार MUFG ले लिने तयारी
MUFG to Acquires Naming Rights for National Stadium


टोकियो, अक्टोबर ७ (न्यूज अन जापान) — जापानको प्रमुख वित्तीय संस्था Mitsubishi UFJ Financial Group (MUFG) ले सन् २०२६ जनवरीदेखि लागू हुनेगरी जापानको राष्ट्रिय स्टेडियम को नामाङ्कन (naming rights) अधिकार प्राप्त गर्ने तयारी गरेको छ।


 


टोकियो ओलम्पिक तथा प्यारालम्पिक खेलहरूको मुख्य स्थलको रूपमा प्रयोग भएको यो स्टेडियम यस वर्षको अप्रिल महिनामा निजीकरण गरिएको थियो। निजीकरणपछि स्टेडियम सञ्चालन गर्ने संस्थाले नामाङ्कन अधिकारका लागि आवेदन मागेको थियो।


 


प्रक्रियासँग सम्बन्धित स्रोतहरूले जनाए अनुसार, MUFG ले उक्त अधिकार प्राप्त गर्ने लगभग पक्का भएको छ र स्टेडियमको नयाँ नामसहितको औपचारिक घोषणा अक्टोबरको अन्त्यतिर हुने अपेक्षा गरिएको छ।


 


यो सम्झौतामार्फत MUFG ले स्टेडियमको व्यवस्थापनमा समेत सहभागी हुनेछ। स्टेडियममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै, MUFG ले आफ्नो ब्रान्ड प्रभाव विस्तार गर्न र ग्राहकहरूसँगको अन्तर्क्रियामा वृद्धि गर्ने लक्ष्य लिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...