मुख्य समाचार
जापानको लोकप्रियता सूचीमा साइतामा अन्तिम स्थानमा
Saitama Ranks Last in Japan’s Prefectural Popularity Rankings


टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।


 


१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष स्थानमा रहेको हो।


 


क्योटो र ओकिनावा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा, कानागावा चौथो स्थानमा उक्लिएको छ, जहाँको लोकप्रिय समुद्री खानाले (जस्तै शिरासु राइस बाउल) यसको आकर्षण बढाएको बताइएको छ। टोक्यो पाँचौं स्थानमा पुगेको छ। टोक्यो डिज्नील्यान्ड रहेको चिबा प्रान्त १८औं स्थानमा परेको छ।


 


तर सर्वेक्षणको सबैभन्दा ठूलो परिवर्तन सूचीको अन्त्यतिर देखिएको छ। २०२४ मा अन्तिम स्थानमा रहेको सागा प्रान्तले दुई स्थान उक्लिँदा, छिमेकी सैतामा ४७औं स्थानमा झरेको हो — जापानको ४७ प्रान्तहरूमध्ये सबैभन्दा पछाडि।


 


सर्वेक्षण गर्ने संस्थाका अनुसार, सैतामाको कम लोकप्रियताको मुख्य कारण यस प्रान्तको "खानाको छवि कमजोर" हुनु हो। सहभागीहरूले सैतामाको खानाको प्रतिष्ठालाई धेरै नै नकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।


 


तर स्थानीय खाद्य परम्पराहरू भने फरक कथा सुनाउँछन्। ऐतिहासिक शहर कवागोए — जुन “सानो एडो” भनेर चिनिन्छ — मा इचिनोया नामक परम्परागत ऊनागी (साँपो) रेस्टुरेन्टले सैतामाको पुरानो माछा खाने संस्कृतिको झल्को दिन्छ।


 


“अर्कावा र इरुमा खोलामा समातिने ऊनागी (साँपो) विगतमा प्रोटिनको महत्त्वपूर्ण स्रोत थियो,” इचिनोया रेस्टुरेन्टकी माकी ताकाहाशीले बताइन्। “कवागोएमा धेरैजसो साँपो रेस्टुरेन्ट छन्।”


 


सैतामामा जापानकै सबैभन्दा बढी ऊनागी रेस्टुरेन्ट प्रतिव्यक्ति पर्न सक्ने प्रान्तहरूमध्ये एक हो।


 


त्यसैगरी, स्थानीय बासिन्दाहरूले सैतामाको प्रसिद्ध उदोन (नूडल) संस्कृतिको पनि चर्चा गरेका छन्। यहाँको यामादा उदोन नामक प्रसिद्ध नूडल चेन र १८ प्रकारका क्षेत्रीय उदोनलाई प्रान्तीय सरकारले प्रवर्द्धन गर्दै आएको छ।


 


एक उल्लेखनीय व्यञ्जन हो “कवाहराको उदोन,” जुन करिब ८ सेन्टिमिटर चौडाइको पातलो र चौडा नूडल हो। जापानकै सबैभन्दा चौडा भनेर चिनिने अर्कावा खोलाबाट प्रेरित यो व्यञ्जन कोनोसु सहरमा १७ वर्षअघि सिर्जना गरिएको थियो र अहिले एक लोकप्रिय परिकार बनिसकेको छ।


 


“हाम्रो खानाको छवि यति कमजोर भनेर पचाउनै गाह्रो छ,” मेन कोबो कुराइचि नामक स्थानिय नूडल पसलका मालिक हिसानाओ कोमिनेले भने। “कवाहारा उदोन सैतामाको ब्रान्ड बन्दै देशभर फैलन सक्यो भने, त्यो हाम्रो खाद्य संस्कृतिका लागि गौरवको विषय हुनेथियो।”


 


यद्यपि सैतामा प्रान्त जापानको लोकप्रियताको सूचीमा अन्तिम स्थानमा पुगेको छ, स्थानीय स्वाद, परम्परा र विविधताले भरिएको यो प्रान्तले अझै पनि अनगिन्ती खजाना बोकेको छ — खोला किनारको ऊनागी संस्कृतिदेखि लिएर विशेष चौडा उदोनसम्म।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...