मुख्य समाचार
जापानको लोकप्रियता सूचीमा साइतामा अन्तिम स्थानमा
Saitama Ranks Last in Japan’s Prefectural Popularity Rankings


टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानको वार्षिक प्रान्तीय आकर्षण (लोकप्रियता) सूचकाङ्कमा साइतामा प्रान्त पहिलोपटक अन्तिम स्थानमा पुगेको छ। यो नतिजा स्थानिय व्यवसायीहरूका लागि समेत आश्चर्यको विषय बनेको छ।


 


१७औं संस्करणमा पुगेको यो सर्वेक्षणमा २०२५ को सूची अनुसार होक्काइडो फेरि एक पटक सबैभन्दा आकर्षक प्रान्त घोषित भएको छ — सूचकाङ्क सुरु भएदेखि अहिलेसम्म लगातार शीर्ष स्थानमा रहेको हो।


 


क्योटो र ओकिनावा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा, कानागावा चौथो स्थानमा उक्लिएको छ, जहाँको लोकप्रिय समुद्री खानाले (जस्तै शिरासु राइस बाउल) यसको आकर्षण बढाएको बताइएको छ। टोक्यो पाँचौं स्थानमा पुगेको छ। टोक्यो डिज्नील्यान्ड रहेको चिबा प्रान्त १८औं स्थानमा परेको छ।


 


तर सर्वेक्षणको सबैभन्दा ठूलो परिवर्तन सूचीको अन्त्यतिर देखिएको छ। २०२४ मा अन्तिम स्थानमा रहेको सागा प्रान्तले दुई स्थान उक्लिँदा, छिमेकी सैतामा ४७औं स्थानमा झरेको हो — जापानको ४७ प्रान्तहरूमध्ये सबैभन्दा पछाडि।


 


सर्वेक्षण गर्ने संस्थाका अनुसार, सैतामाको कम लोकप्रियताको मुख्य कारण यस प्रान्तको "खानाको छवि कमजोर" हुनु हो। सहभागीहरूले सैतामाको खानाको प्रतिष्ठालाई धेरै नै नकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।


 


तर स्थानीय खाद्य परम्पराहरू भने फरक कथा सुनाउँछन्। ऐतिहासिक शहर कवागोए — जुन “सानो एडो” भनेर चिनिन्छ — मा इचिनोया नामक परम्परागत ऊनागी (साँपो) रेस्टुरेन्टले सैतामाको पुरानो माछा खाने संस्कृतिको झल्को दिन्छ।


 


“अर्कावा र इरुमा खोलामा समातिने ऊनागी (साँपो) विगतमा प्रोटिनको महत्त्वपूर्ण स्रोत थियो,” इचिनोया रेस्टुरेन्टकी माकी ताकाहाशीले बताइन्। “कवागोएमा धेरैजसो साँपो रेस्टुरेन्ट छन्।”


 


सैतामामा जापानकै सबैभन्दा बढी ऊनागी रेस्टुरेन्ट प्रतिव्यक्ति पर्न सक्ने प्रान्तहरूमध्ये एक हो।


 


त्यसैगरी, स्थानीय बासिन्दाहरूले सैतामाको प्रसिद्ध उदोन (नूडल) संस्कृतिको पनि चर्चा गरेका छन्। यहाँको यामादा उदोन नामक प्रसिद्ध नूडल चेन र १८ प्रकारका क्षेत्रीय उदोनलाई प्रान्तीय सरकारले प्रवर्द्धन गर्दै आएको छ।


 


एक उल्लेखनीय व्यञ्जन हो “कवाहराको उदोन,” जुन करिब ८ सेन्टिमिटर चौडाइको पातलो र चौडा नूडल हो। जापानकै सबैभन्दा चौडा भनेर चिनिने अर्कावा खोलाबाट प्रेरित यो व्यञ्जन कोनोसु सहरमा १७ वर्षअघि सिर्जना गरिएको थियो र अहिले एक लोकप्रिय परिकार बनिसकेको छ।


 


“हाम्रो खानाको छवि यति कमजोर भनेर पचाउनै गाह्रो छ,” मेन कोबो कुराइचि नामक स्थानिय नूडल पसलका मालिक हिसानाओ कोमिनेले भने। “कवाहारा उदोन सैतामाको ब्रान्ड बन्दै देशभर फैलन सक्यो भने, त्यो हाम्रो खाद्य संस्कृतिका लागि गौरवको विषय हुनेथियो।”


 


यद्यपि सैतामा प्रान्त जापानको लोकप्रियताको सूचीमा अन्तिम स्थानमा पुगेको छ, स्थानीय स्वाद, परम्परा र विविधताले भरिएको यो प्रान्तले अझै पनि अनगिन्ती खजाना बोकेको छ — खोला किनारको ऊनागी संस्कृतिदेखि लिएर विशेष चौडा उदोनसम्म।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम