मुख्य समाचार
टोक्यो रेल दुर्घटना: ट्रेन पटरीबाट चिप्लिँदा यात्रुहरू समस्यामा, हजारौं प्रभावित
Tokyo Rail Derailment Causes Commuter Chaos


टोक्यो, अक्टोबर ७ (न्यूज अन जापान) – अक्टोबर ५ तारिखको रात टोक्यु डेन-एन-तोशी लाइनमा भएको रेल दुर्घटनापछि अक्टोबर ६ भरि ट्रेन सेवा अवरुद्ध हुँदा टोक्योका हजारौं यात्रु, विद्यार्थी र कर्मचारीहरू समस्यामा परेका छन्। विकल्पको रूपमा बस र ट्याक्सीको लाइन निकै लामो देखिएको छ भने इलेक्ट्रिक स्कूटरहरू समेत तुरुन्तै सकिएका छन्।


 


दुर्घटना राति ११ बजेपछि कावासाकी शहरको काजिगाया स्टेशनमा भएको हो, जब शिबुया गइरहेको लोकल ट्रेनले त्यही ट्र्याकमा रोकिएको एउटा सेवा बाहिरको ट्रेनसँग ठोक्कियो। टोक्यु कर्पोरेशनका अनुसार, रोकिएको ट्रेन एक प्रशिक्षार्थी चालकले चलाइरहेका थिए र तोकिएको गतिभन्दा बढी स्पीडका कारण ट्रेन अचानक रोकिँदा यसको पछिल्लो भाग मुख्य ट्र्याकमा अड्किएको थियो। त्यही भागमा अर्को ट्रेन ठोक्किएको हो।


 


भाग्यवश, यात्रु वा चालक दल कसैलाई चोटपटक नलागेको जनाइएको छ। तर, सेवाको अवरोधले गर्दा शिबुया आसपासका सबै स्टेसनहरूमा ठूलो भीड र लामो लाइन देखिएको छ।


 


 


शिबुया स्टेशनमा बेलुका ८ बजेअगावै लामो बस लाइन देखिन्थ्यो, जसको अन्त्य देख्न मुस्किल थियो। एक यात्रुले भने, "म भोलिका लागि घरबाट काम गर्ने तयारी गरिसकेको छु," भने अर्काले भने, "१० मिनेटमा पुग्ने बाटो आज एक घण्टा लाग्यो।"


 


मिजोनोकुची स्टेशनमा बिहान ७:३० बजेदेखि नै बस र ट्याक्सीको लाइन देखिएको थियो। एक यात्रुले भने, "म ८:४५ मा अफिस पुग्नु पर्ने थियो, अब फोन गरेर ढिला हुने बताउनु पर्छ।"


 


 


कोमाजावा विश्वविद्यालयले आफ्नो सेतागाया वार्डस्थित तीन क्याम्पसमा सबै भौतिक कक्षा रद्द गरेको छ। एक विद्यार्थीले भने, "म साँझ हैनेडा नजिक कन्सर्टमा जान लागेको थिएँ। अब एलयुप (LUUP) स्कूटर लिएर पुग्ने विचार गरेको छु।"


 


 


सागिनुमा स्टेशनमा एक अभिभावकले भने, "आज मेरी छोरीको जन्मदिन हो, हामी सानरियो प्युरोल्यान्ड जान लागेको थियौं। अब ट्याक्सी कुर्दैछौं।"


 


सेवा कहिले सुचारु हुने टुङ्गो छैन


 


दुर्घटना भएको २४ घण्टासम्म पनि सेवा कहिले सुचारु हुने हो भन्ने कुनै स्पष्ट जानकारी नआएको टोक्यु कर्पोरेशनले जनाएको छ। यात्रुहरू विभिन्न वैकल्पिक उपायहरू अपनाउँदै गन्तव्यतर्फ लागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...