मुख्य समाचार
जापानमा भालुको आक्रमण बढ्दै: २०२५ मा मृत्युदर रेकर्ड बराबरी
Why Are Bear Attacks Increasing Across Japan?


होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।


 


जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:


 


२०२३: २१९ पीडित, ६ जनाको मृत्यु


 


२०२४: ८५ पीडित, ३ जनाको मृत्यु


 


२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु


 


यस वर्षको पहिलो छ महिनामै पीडितको संख्या अघिल्लो वर्षको तुलनामा बढी भइसकेको छ भने मृत्यु संख्या सन् २०२३ को रेकर्डसँग बराबरीमा पुगेको छ।


 


भालु स्वभावतः मानिसबाट डराउँछन्, तर अहिले ती शहरी क्षेत्रमा समेत देखिन थालेका छन्। HBC वाइल्डलाइफ साइट "कुमा कोको" की संवाददाता नाओ इकुशिमाका अनुसार, यो समस्या केवल भालुको संख्यामा वृद्धिका कारण मात्र होइन।


 


उनका अनुसार, “मानव समाजमा भएका परिवर्तनहरूमूल कारण हुन्। पहिला जंगल र बस्तीबीच खेत, बगैंचा र मानिसको उपस्थिति रहन्थ्यो। तर, जनसंख्या घटेपछि यी 'बफर जोन' हराएका छन्। फलस्वरूप, जंगलको छेउ बस्तीमा नै आइपुगेको छ।”


 


नदी किनार, खाली जमिन र झाडीले भरिएका खाली स्थानहरूले अब जंगललाई सिधै शहरसँग जोडिदिएका छन्। यसले भालुलाई अनायासै मानव बस्तीमा छिर्न सजिलो बनाएको छ।


 


इकुशिमाले थपिन्, “आजको युगमा हामी ‘हाम्रो क्षेत्रमा त भालु आउँदैन’ भनेर ढुक्क हुन सक्दैनौं।”


 


प्रहरी र स्थानिय निकायले भालुको गतिविधि बुझ्न जिपिएस कलर प्रयोग गरिरहेका छन्। यसै क्रममा टिभी प्रस्तोता ताकाहिरो इनोउएले स्थानीय तहले वैज्ञानिक रूपमा अनुसन्धान सुरु गरिरहेको बताए।


 


कमेन्टेटर दाइमाओ कोसाकाले भने, “पहिले मानिस र वन्यजन्तुबीच छुट्याउने ‘सातो’ भन्ने बफर जोन हुन्थ्यो। अहिले पनि अत्यधिक शिकार नगरी, तर मानव सुरक्षालाई प्राथमिकतामा राख्दै संयमित रूपमा व्यवस्थापन गर्नु जरुरी छ।”


 


इकुशिमाले जनाउँदै भनिन्, “धेरै मानिस भालुलाई नबुझेर डराउँछन्। यदि हामीले भालुको व्यवहार बुझ्यौं भने, तिनीहरूबाट कसरी जोगिने भन्ने ज्ञान पनि प्राप्त हुन्छ।”


 


उनी भालु समस्या समाधानको जड मानव समाजमै रहेको बताउँछिन्। उनका अनुसार, समाधान पनि स्थानीय परिस्थिति अनुसार भिन्न हुनुपर्छ:


 


फोहोरले आकर्षित गर्छ भने स्रोत हटाउनुहोस्।


 


खेतीपातीमा आउँछन् भने विद्युतीय तार लगाउनुहोस्।


 


हरियाली बाटोहरू बस्तीमा जोडिन्छन् भने घाँस काट्नुहोस्।


 


तर, स्थानीय बासिन्दाको रुचि पनि ध्यानमा राख्नुपर्छ — जस्तै, हरियाली संरक्षणसँगै विद्यालय जाने बाटो सुरक्षित बनाउने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम