मुख्य समाचार
जापानमा भालुको आक्रमण बढ्दै: २०२५ मा मृत्युदर रेकर्ड बराबरी
Why Are Bear Attacks Increasing Across Japan?


होक्काइडो, अक्टोबर १० (न्युज अन जापान) — जापानभर भालुको आक्रमण तीव्र रुपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०२५ मा भालुका आक्रमणबाट ज्यान गुमाउनेको संख्या सन् २०२३ को रेकर्ड स्तरमा पुगेको छ।


 


जापानको वातावरण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार:


 


२०२३: २१९ पीडित, ६ जनाको मृत्यु


 


२०२४: ८५ पीडित, ३ जनाको मृत्यु


 


२०२५ (अक्टोबरसम्म): १०९ पीडित, ६ जनाको मृत्यु


 


यस वर्षको पहिलो छ महिनामै पीडितको संख्या अघिल्लो वर्षको तुलनामा बढी भइसकेको छ भने मृत्यु संख्या सन् २०२३ को रेकर्डसँग बराबरीमा पुगेको छ।


 


भालु स्वभावतः मानिसबाट डराउँछन्, तर अहिले ती शहरी क्षेत्रमा समेत देखिन थालेका छन्। HBC वाइल्डलाइफ साइट "कुमा कोको" की संवाददाता नाओ इकुशिमाका अनुसार, यो समस्या केवल भालुको संख्यामा वृद्धिका कारण मात्र होइन।


 


उनका अनुसार, “मानव समाजमा भएका परिवर्तनहरूमूल कारण हुन्। पहिला जंगल र बस्तीबीच खेत, बगैंचा र मानिसको उपस्थिति रहन्थ्यो। तर, जनसंख्या घटेपछि यी 'बफर जोन' हराएका छन्। फलस्वरूप, जंगलको छेउ बस्तीमा नै आइपुगेको छ।”


 


नदी किनार, खाली जमिन र झाडीले भरिएका खाली स्थानहरूले अब जंगललाई सिधै शहरसँग जोडिदिएका छन्। यसले भालुलाई अनायासै मानव बस्तीमा छिर्न सजिलो बनाएको छ।


 


इकुशिमाले थपिन्, “आजको युगमा हामी ‘हाम्रो क्षेत्रमा त भालु आउँदैन’ भनेर ढुक्क हुन सक्दैनौं।”


 


प्रहरी र स्थानिय निकायले भालुको गतिविधि बुझ्न जिपिएस कलर प्रयोग गरिरहेका छन्। यसै क्रममा टिभी प्रस्तोता ताकाहिरो इनोउएले स्थानीय तहले वैज्ञानिक रूपमा अनुसन्धान सुरु गरिरहेको बताए।


 


कमेन्टेटर दाइमाओ कोसाकाले भने, “पहिले मानिस र वन्यजन्तुबीच छुट्याउने ‘सातो’ भन्ने बफर जोन हुन्थ्यो। अहिले पनि अत्यधिक शिकार नगरी, तर मानव सुरक्षालाई प्राथमिकतामा राख्दै संयमित रूपमा व्यवस्थापन गर्नु जरुरी छ।”


 


इकुशिमाले जनाउँदै भनिन्, “धेरै मानिस भालुलाई नबुझेर डराउँछन्। यदि हामीले भालुको व्यवहार बुझ्यौं भने, तिनीहरूबाट कसरी जोगिने भन्ने ज्ञान पनि प्राप्त हुन्छ।”


 


उनी भालु समस्या समाधानको जड मानव समाजमै रहेको बताउँछिन्। उनका अनुसार, समाधान पनि स्थानीय परिस्थिति अनुसार भिन्न हुनुपर्छ:


 


फोहोरले आकर्षित गर्छ भने स्रोत हटाउनुहोस्।


 


खेतीपातीमा आउँछन् भने विद्युतीय तार लगाउनुहोस्।


 


हरियाली बाटोहरू बस्तीमा जोडिन्छन् भने घाँस काट्नुहोस्।


 


तर, स्थानीय बासिन्दाको रुचि पनि ध्यानमा राख्नुपर्छ — जस्तै, हरियाली संरक्षणसँगै विद्यालय जाने बाटो सुरक्षित बनाउने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...