मुख्य समाचार
जापानको चिबा प्रान्तमा नेपाली विद्यार्थीको हत्यारा महिला पक्राउ
Woman arrested for murdering Nepali student in Japan


जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।





३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।





उनले उक्त चक्कु स्थानीय पसलबाट चोरी गरेको र त्यसपछि होटलमा विवाद भएपछि घटनामा प्रयोग गरेको बताइएको छ। तर हाल ती महिलाले मौनता अपनाएको र प्रहरीले उनको मानसिक अवस्था तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ।





यो घटनाले जापानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीबीचको सम्बन्ध, मानसिक स्वास्थ्य र आत्महत्या सम्बन्धी सचेतनाको आवश्यकता फेरि एकपटक उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हिमाल आरोहणका क्रममा मृत्यु भएका दुई जना जापानी नागरिकको अन्त्येष्टि गरिएको छ। बौद्ध परम्पराअनुसार आइतबार उनीहरूको अन्त्येष्टि गरिएको हो। उनीहरूको शव मराजगञ्जस्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको थियो। टोकियोबाट मृतकका आफन्त आएपछि नेपालस्थित जापानी दूतावासको रहोवरमा पोष्टमार्टम भएको थियो। पोष्टमार्टमपश्चात आइतबार स्वयम्भुमा उनीहरूको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा उनीहरूका आफन्त, दूतावासका प्रतिनिधि र ट्रेकिङ एजेन्सीका अधिकारीहरूको उपस्थिति ...
: जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले उनको निधन भएको जानकारी दिएको छ। स्रोतका अनुसार, फुकुदाको गत बिहीबार मुटुको कार्यविफलता (हार्ट फेलियर)का कारण टोकियोमा निधन भएको हो। उनको अन्त्येष्टि परिवारका निकट सदस्यहरूको उपस्थितिमा निजी रूपमा सम्पन्न भइसकेको छ भने सार्वजनिक श्रद्धाञ्जली सभा पछि आयोजना गरिनेछ। फुकुदा सेप्टेम्बर २००७ मा ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुईजना जापानी नागरिकको शव फेला परेको छ। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा उनीहरू बेपत्ता भएका थिए। जापानको टोकियो निवासी दुईजना पर्वतारोहीको शव शुक्रबार फेला परेको हो। उनीहरूको शव काठमाडौं ल्याउने तयारी भइरहेको छ। काठमाडौंमा पोस्टमार्टम गरेपछि नेपालस्थित जापानी ...
: मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा २ जापानी नागरिक बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी २ जना पर्वतारोही बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा हिदे सुके टेनिसी र तेचु हासिमुदो रहेका छन्। बेपत्ता दुबैजना पुरुष हुन्। काठमाडौंस्थित कस्मो एडभेन्चरबाट नेपाली गाइडसहित भदौ २७ गते ...
। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा ...