मुख्य समाचार
विश्व
तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ। वर्षाका कारण अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्। तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी ...
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार ...
। इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् । यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको थियो र यसलाई सीसीटीभी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको सीएनएनले जनाएको छ । भिडियोमा मोटरसाइकलमा सवार ...
। यौन शोषणविरुद्धको अभियान ‘मिटू मुभमेन्ट’लाई धक्का दिनेगरी अमेरिकाको न्युयोर्क अदालतले नयाँ फैसला गरेको छ । अदालतले बलात्कारको मुद्दामा दोषी ठहर भएका हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायलाई उल्टाएको छ । न्युयोर्कको पुनरावेदन अदालतले न्यायाधीशबीच ४–३ को बहुमतअनुसार उक्त निर्णय सुनाइएको द न्युयोर्क टाइम्सले जनाएको छ । अब यो मुद्दाको सुनुवाइ नयाँ शिराबाट ...
अन्तरिक्षमा घुमिरहेका फोहोरका टुक्राहरु चिनियाँ स्पेस स्टेशन तियानगोङ्गमा ठोक्किएका छन् । उक्त घटनाबाट स्पेस स्टेशनमा क्षति पुगेको छ । त्यसका सोलार प्यानल क्षतिग्रस्त बनेका छन् । जसका कारण स्पेस स्टेशनमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो । उक्त घटनापछि स्पेस स्टेशनमा रहेको चिनियाँ अन्तरिक्षयात्रीहरू बाहिर निस्किएर अन्तरिक्षमा हिडेर (स्पे वाक) गरी त्यसलाई मर्मत गरेका थिए । साथै ...
जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन । मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका छन् । ...
— लामो समयदेखि अमेरिकी सरकार र चिनियाँ स्ट्रिमिङ एप टिकटकबीच चल्दै आएको सवाल-जवाफ र माथापच्चीका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार एक कानुनमा हस्ताक्षर गरेका छन् जसले कालान्तरमा सो एप अमेरिकामा प्रतिबन्धित हुनसक्छ । मंगलबार अमेरिकी संसद्बाट पारित हुनेबित्तिकै अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेको सो कानुनले टिकटकको स्वामित्व रहेको कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री गर्न ...
प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, 'त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । ...
रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन्। सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराएका हुन्। मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो। एलभोभा–बेलोभाले भने, ...
: अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन निरन्तर बढ्दै गएको छ। अमेरिकाभरका २५ विश्वविद्यालयहरूमा जारी प्रदर्शनका क्रममा मानिसहरूले गाजामा इजरायलको आक्रमण अन्त्य गर्न माग गरिरहेका छन्। प्रदर्शनका क्रममा बुधबार आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । यस अवधिमा टेक्सास विश्वविद्यालय र अन्य विश्वविद्यालयका ३४ जना विद्यार्थीलाई पनि पक्राउ गरिएको थियो । न्यूयोर्क टाइम्सका अनुसार बुधबार प्रहरीले ...
: रुसी सुरक्षा बलको सामना गर्न युक्रेनले गोप्य रूपमा अमेरिकाले दिएको लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न थालेको छ । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्। यी हतियारहरू गत मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् र यसै महिना युक्रेनमा पुग्न थालेका बीबीसी समाचारमा उल्लेख छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त मिसाइल ...
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार ...
: संयुक्त राज्य अमेरिकामा टिकटक प्रतिबन्ध हुने भएको छ। अमेरिकी सिनेटले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिकाको प्रशासनिक क्षेत्रमा यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। उक्त बिल अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कार्यान्वयमा जानेछ। राष्ट्रपति बाइडेनले आफूकहाँ आउनेबित्तिकै उक्त विधेयकमा हस्ताक्षर गर्ने बताएका छन्। यता, टिकटकले अमेरिकाको कदमबारे तत्काल ...
: अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको ...
: चीनको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण ११ जना बेपत्ता भएका छन्। क्वाङतोङ प्रदेशमा बाढीका कारण ११ जना बेपत्ता भएका चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्रभावित क्षेत्रबाट हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ। धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। बाढीको जोखिमबाट ...
सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो। अहिलेसम्म उक्त दुर्घटनामा कोही बाँचेको भन्ने जानकारी प्राप्त भएको छैन । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने अर्कोमा तीन जना सवार थिए । बीबीसी
1 2 3 4 5 6 ... Next Last