मुख्य समाचार
विश्व
। ब्राजिलमा भारी वर्षापछि आएको बाढीमा परी ५७ जनाको मृत्यु भएको छ । ३७३ जना बेपत्ता छन् । हावाहुरीसहितको भारी वर्षाबाट ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य बढी प्रभावित छ । बाढीले धेरै स्थानका सडक र पुल बगाएको छ । बस्तीहरु डुबानमा परेका छन् । राज्यका ४९७ सहरहरुमध्ये दुई तिहाई बढी प्रभावित भएका छन् । सीएनएनले ...
पेट्रोलियम तेलको निर्यात इरानको अर्थ व्यवस्थाको जीवनरेखा मानिन्छ । तर, अप्रिलको मध्यतिर इजरायलमा मिसाइल तथा ड्रोनबाट आक्रमण गरेपछि इरानी तेलको निर्यातमाथि कडा प्रतिबन्धका लागि अपिल सुरु भएको छ । इरानको भन्सार कार्यालयका प्रमुखका अनुसार इरानविरुद्धमा उठाइएका कदमहरुका बाबजुत यो वर्ष सन् २०२४ को पहिलो त्रैमासिकमा इरानले ३५ अर्ब ८० करोड डलर बराबरको तेल निर्यात गरेको छ, ...
। उत्तर प्रदेशको एक निर्वाचन क्षेत्रले २५ वर्षपछि गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको छ । सन् १९८० देखि गान्धी परिवारले राज गरिरहेको अमेठीले यस वर्षको लोकसभा निर्वाचनमा गान्धी परिवार बाहिरबाट उम्मेदवार पाएको हो । १९७० र १९९० को दशक छोड्ने हो भने त्यहाँ गान्धी परिवारले नै राज गर्दै आएको छ । भारतीय कंग्रेसका नेता राहुल गान्धी त्यस ...
। बेलायत र अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूले इजरायलको ज्यादतीको विरोध गर्दै प्यालेस्टाइनको समर्थनमा गरेका आन्दोलन विश्वव्यापी रूपमा हेडलाइन बनेका छन् । आन्दोलनमा धेरै संख्यामा विद्यार्थीहरू गिरफ्तारसमेत भएका छन् । बेलायत र अमेरिका दुबै देशमा प्यालेस्टाइनको पक्षमा विद्यार्थीहरूको आन्दोलन बढेको देखेर पर्यवेक्षकहरू चकित छन् । कोलम्बिया विश्वविद्यालयका एक प्राध्यापकले नाम नबताउने शर्तमा न्यू अरबसँग भनेका छन्, ‘भियतनामको युद्ध होस् ...
एकजना आप्रवासी अमेरिकी इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको लट्री अर्थात् भाग्यचिठ्ठा जित्ने व्यक्ति बनेका छन् । दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका चेङ सेफानले १ अर्ब ३० करोड डलरको पावर बल लट्री जितेका छन् । यो भनेको १ खर्ब ७५ अर्ब रुपैयाँ बराबर हो । चेङका अनुसार कैयन् रातसम्म उनले आफ्नो सिरानीमुनि ...
करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ । डा. अदनान अल-बुर्स ५० वर्षका थिए र अल शिफा अस्पतालको शल्यक्रिया विभागका प्रमुख थिए। इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुने व्यक्ति डा. अल-बुर्स ...
— भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । उत्तर प्रदेशका रायबरेली र अमेठी निकै चासोका साथ हेरिएका क्षेत्र हुन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय चुनाव समिति बैठकले रायबरेलीमा राहुल गान्धी र अमेठीमा किशोरीलाल ...
— बंगलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश दिएको हो । उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले एएफपीसँग भने, ‘उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले ‘गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरू बन्द गर्ने’ आदेश जारी गरेको छ । सैफुज्जमानका अनुसार वकिलहरूले गर्मीका कारण कैयौं ...
: श्रीलंकाको जन्मदरमा ब्यापक गिरावट आएको छ। सन् २०२० देखि श्रीलंकाको जन्मदर निरन्तर घटिरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्। श्रीलंकाका रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीका अनुसार जन्मदरमा गिरावट आउनुको साथै मृत्युदर बढेको हो। वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहे पनि हालः सन् २०२३ मा घटेर ...
: भारतको उत्तराखण्ड सरकारले अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको सर्वोच्च अदालतलाई बताएको छ । रामदेव, आचार्य बालकृष्ण र पतञ्जलीविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ । लाइसेन्स रद्द भएका उत्पादनहरुमा स्वासरी गोल्ड, स्वासरी वाटी, ब्रोन्कोम, स्वासरी प्रवाही, स्वासरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, ...
: केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले जनाएका छन् । पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ । 'बाँध फुट्दा ४२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अहिले पनि धेरै मानिस माटोमा छन्, हामी उद्धारको प्रयासमा काम गरिरहेका छौँ', नाकुरु काउन्टीका ...
अमेरिकी सरकारले चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । टिकटक र अमेरिकी सरकारबीच लामो समयदेखि चल्दै आएको संघर्ष अब निष्कर्षमा पुग्ने चरणमा छ । किनकि राष्ट्रपति जो बाइडेनले अमेरिकामा टिकटक बेच्नुपर्ने अन्यथा प्रतिबन्ध लगाइने कानुनमा हस्ताक्षर गरिसकेका छन् । हुनत यसअघि पनि टिकटकको मातृ कम्पनी बाइटडान्ससँग टिकटकलाई कुनै अमेरिकी कम्पनीलाई बेच्न प्रस्ताव नगरिएको ...
। युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् । युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका हुन् । टेलिग्राममा एक पोष्ट गर्दै उनले भनेका छन्, ‘मोर्चाको हालत निकै खराब भएकाले युक्रेनी सेना पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्नु परेको छ ।’ युक्रेनलाई अमेरिकाबाट सैन्य ...
। दैनिक उडानका हिसाबमा संसारकै सातौं ठूलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भारतको इन्डिगो एयरलाइन्सले एकै पटक ३० थान ठूलो आकार (वाइड बडी) जहाज खरिद गर्ने भएको छ । भारतको सस्तोमा उडान गर्ने इन्डिगोले पहिलो पटक वाइड बडी जहाज खरिद गर्न लागेको हो । सन् २००६ मा स्थापना भएयता निरन्तर बजार विस्तार र उल्लेख्य उपस्थिति जनाउँदै आएको इन्डिगोले ...
तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ। वर्षाका कारण अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले बिहीबार संसदलाई जानकारी गराएका हुन्। तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको छ, जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् भने १० हजार घरमा क्षति पुगेको मजालिवाले सदन समक्ष जानकारी ...
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ । विज्ञान तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बुधबार नियोनस्याट–१ नामको उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण यानबाट अलग गरिएको छ । रकेट ल्याब्स इलेक्ट्रोन रेकटमा दक्षिण कोरियाली समयानुसार बुधबार ...
1 2 3 4 5 6 ... Next Last