मुख्य समाचार
मनोरञ्जन
। कुनै समय बक्स अफिसमा अक्षय कुमारको दबदबा थियो । एक वर्षमा तीन-चार फिल्म गर्थे । ती सबै फिल्म हिट हुन्थे । पछिल्ला चार-पाँच वर्षमा उनका फिल्म लगातार फ्लप छन् । ठूलो बजेटका फिल्म पनि नराम्रोसँग असफल रहे । पछिल्लो फिल्म ‘सरफिरा’ले कमाल देखाउन सकेन । यो फिल्म सूर्याको तमिल फिल्म ‘सूरराई पोत्रु’को हिन्दी रिमेक हो, ...
। विश्व फिल्मको ध्यान शुक्रबार रिलिज हुन लागेको हलिउड सुपरहिरो ‘डेडपुल एण्ड वुल्भरिन’तर्फ सोझिएको छ । फिल्मले विश्व बक्स अफिसमा ३६० मिलियन डलरको ओपनिङ गर्ने प्रक्षेपण छ । फिल्मले हड्तालले थलिएको हलिउडलाई ठूलै ऊर्जा समेत दिने मात्र होइन, मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)लाई पुनरुत्थान गर्ने अनुमान छ । न्युयोर्क प्रिमियरमा यसले एमसीयूकै अहिलेसम्मको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा ...
। हरेक अमेरिकी राष्ट्रपतीय उम्मेदवारका लागि टाउको दुखाइको विषय बन्ने गर्छ- चुनावी र्‍यालीमा कसको गीत बजाउने ? रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ल्याटिनो र्‍यापरलाई लिएर र्‍यालीमा सांगीतिक प्रस्तुति दिइरहेका छन् । हिस्प्यानिक र अश्वेत समुदायका मतदाता रिझाउन हिपहप संगीत महत्वपूर्ण माध्यम बन्ने उनको ठम्याइ छ । सुरुदेखि नै हलिउड ट्रम्पमैत्री छैन । अघिल्लो चुनावमै ट्रम्पसँग टेलर ...
। नेपाली महिला पर्वतारोही लाक्पा शेर्पाबारेको फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’ साउन १६ गते नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले सोमबार यो डकुमेन्ट्रीको रिलिज मिति घोषणा गरेको हो । फिल्मले लाक्पाको दशौं पटकको सगरमाथा आरोहणको यात्रालाई पछ्याउँछ । साथै, हिमालभन्दा पर उनको निजी जीवनबारे पनि चित्रण गर्छ । फिल्मले उनका पूर्वपति तथा ...
। हलिउड अभिनेता टम क्रुज आगामी फिल्म ‘मिसन इम्पोसिबल ८’ को छायांकनमा व्यस्त छन् । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित छायांकन सेटमा उनी हेलिकप्टरमा झुण्डिएका तस्वीर यतिबेला भाइरल बनिरहेका छन् । यो खतरनाक एक्सनका लागि अभिनेता क्रुज सोमबार हेलिकप्टरको एकपट्टिको भागमा झुण्डिएको देखिए । तत्कालै यो दृश्य अन्तर्राष्ट्रिय मिडियामा छ्याप्छ्याप्ती भयो । ६२ वर्षीय अभिनेता फिल्मको मुख्य जासूस पात्र इथन ...
। प्रतीक्षित हलिउड फिल्म ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’को ट्रेलर सार्वजनिक भएको छ । मार्वल स्टुडियोको यो फिल्ममा पहिलोपटक एन्थोनी म्याकीलाई क्याप्टेन अमेरिका (साम विल्सन)को भूमिकामा देख्न सकिन्छ, जहाँ उनले क्याप्टेन अमेरिकाको आइकोनिक ढाललाई प्रयोग गरिरहेका छन् । क्याप्टेन अमेरिका श्रृंखलाको यो चौथो भाग १२ फेब्रुअरी २०२५ मा प्रदर्शन हुँदैछ । पछिल्लोपटक सन् २०१९ को ...
। अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को डबिङ चलिरहेको छ । फिल्मका लागि सांसद ज्ञानेन्द्र शाहीले स्वर दिएका छन् । फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विशेष भूमिका छ । ओलीले पनि केही दिनमै डबिङ गर्नेछन् । फिल्मले एसिड प्रभावितको कथालाई प्रस्तुत गरेको छ । एसिड आक्रमण पीडित ३३ जनाको कथालाई प्रस्तुत गरिएको निर्देशक ढुंगानाले ...
। अमेरिकाको क्यालिफोर्नियास्थित डिज्नील्याण्डका कर्मचारीले युनियनब्यापी हड्तालमा उत्रने पक्षमा शुक्रबार मतदान गरेका छन् । यो निर्णयसँगै ‘पृथ्वीको खुसी ठाउँ’का कर्मचारीले कामअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै हड्तालमा उत्रने बाटो खुलेको छ । लगभग १४ हजार डिज्नील्याण्ड रिसोर्ट कर्मचारीको प्रतिनिधित्व गर्ने युनियन गत अप्रिलदेखि ज्याला वृद्धि र अन्य सुविधा वृद्धिबारे माउ कम्पनी डिज्नीसँग वार्तामा छ । वार्ता रोकिएको छ ...
: मुस्ताङमा पर्यटक भित्र्याउनका लागि खेलकुद मेला सञ्चालन गरिएको छ। जिल्लाको स्याङ गाउँमा शनिबारदेखि सुरु भएको खिल्हा पर्वका अवसरमा खेलकुद मेला सञ्चालन गरिएको हो। खिल्हा पर्वलाई तिब्बती पात्रोको तिथिमा पर्ने स्थानीय भाषामा साउन मेलाका रुपमा लिने गरिन्छ। घरपझोङ-३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बर्खे बाली भित्र्याएर खेतबारीमा उवा छरेपछि खिल्हा पर्व मनाउने प्रचलन रहेको बताए। वडाध्यक्ष थकालीका ...
। अम्बानीको विवाहमा सहभागी हुन गत साता मुम्बई पुगेकी हलिउड रियालिटी स्टार किम कार्दसियनको चर्चा अझै सेलाएको छैन । अमेरिका पुगेपनि उनले लगातार भारत भ्रमणका तस्वीर पोस्ट गरिरहेकी छिन् । उनले मन्दिरमा पूजा गरेको, भारतीय स्टारसँग सेल्फी खिचेको तस्वीर यतिबेला भाइरल छन् । सारीमा सजिएर हट देखिएकी कार्दसियनको फोटोको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ । यस्तोमा उनको ...
। विश्वप्रसिद्ध गायिका एडेलले अहिले भैरहेको सांगीतिक टूरपछि आफूले ‘सांगीतिक विश्राम’ लिने खुलासा गरेकी छन् । ‘मेरो ट्यांकी यो समय रित्तो छ’ जर्मनीको म्युनिखमा जेडडीएफ मिडियासँग उनले भनिन्, ‘मसँग यो समय नयाँ संगीतको लागि कुनै योजना छैन ।’ उनले भनिन्, ‘म यो सबैपछि ठूलो ब्रेक चाहन्छु र मलाई लाग्छ कि म केहि समयको लागि अन्य रचनात्मक ...
। शुक्रबार अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सरफिरा’ रिलिज भयो । ठूलो बजेट र स्टार कास्टका बाबजुद पनि फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । फिल्मले पहिलो दिन २.५ करोड, शनिबार ४.२५ करोड र आइतबार ५.२५ करोड भारु कमायो । सप्ताहन्तको अन्त्यसम्ममा कुल १२ करोड भारु कलेक्सन गरेको छ । अक्षय जस्ता स्टारका लागि यो दयनीय कमाइ ...
। पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा लड्दा हलिउड अभिनेता जोनी डेपको सन् २०२२ नराम्रोसँग प्रभावित बन्यो । अदालतको समर्थन र सार्वजनिक समर्थन दुवै जित्दा संसारको ध्यान उनीतिर खिचियो । त्यो घटनापछि अभिनेता डेप बेलायतमा चर्चाभन्दा टाढाको जीवन बाँचिरहेका छन् । यतिबेला उनको डेटिङ लाइफलाई लिएर नयाँ कुरा छ । उनी २८ वर्षीया रुसी मोडल तथा ब्युटिसियन ...
। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल साउन ८ मा सकिंदैछ । कार्यकाल सकिन एक साता बाँकी रहँदा अध्यक्ष पदलाई लिएर सत्तारुढ एमाले निकट फिल्मकर्मी आकांक्षी देखिएका छन् । कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको र चलचित्र विकास बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एमालेकै मन्त्री भएकाले एमाले निकट फिल्मकर्मी आकांक्षीको रुपमा बढी देखिएका छन् ...
। भारतीय गायक तथा अभिनेता दिलजीत दोसाँझलाई यस वर्ष फापेको देखिन्छ । इम्तियाज अलीसँगको फिल्म ‘चमकिला’मा दिलजीतको निकै प्रशंसा भयो । विदेश भ्रमणमा समेत उनले सफलताको स्वाद चाखिरहेका छन् । दिलजीतका लागि यतिबेला अर्को गौरवको क्षण आइपुगेको छ । क्यानडामा उनको शो हेर्न प्रधानमन्त्री जस्टिन ट्रुडो आफैं पुगेका थिए । सो कन्सर्टमा अचानक पुगेका ट्रुडोले दिलजीतसँग ...
। वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । परिवर्तित नाम ७५ झलारी २९ कुमारी (ओडकी पत्नी)ले जेठ २ गते गायक ओड (७५ झलारी २९ (क) कुमार)विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ ...
First Prev ... 5 6 7 8 9 10 11 12 13 14 15 ... Next Last