मुख्य समाचार
मनोरञ्जन
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...
। नेताप्रति जनतामा वितृष्णा कति छ भन्ने बुझ्न हालै रिलिज भएको फिल्म ‘नमेटिने घाउ’ एउटा सूचक बन्न सक्छ । निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मको छायांकनदेखि नै नेतालाई लिएर प्रचारप्रसार तीव्र तुल्याएका थिए । यो फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका थिए । ...
। नेटफ्लिक्समा अहिले स्ट्रिमिङ भइरहेको वेब सिरिज ‘आईसी ८१४ : द कान्दाहार हाइज्याक’ चर्चासँगै विवादमा तानिएको छ । यो थ्रिलर सिरिजको चर्चा नेपालमा समेत भइरहेको छ । भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्‍याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ । यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । विजय बर्माको शीर्ष भूमिका ...
। श्रद्धा कपुर र राजकुमार राव स्टारर बलिउड हरर-कमेडी फिल्म ‘स्त्री २’ ले भारतसहित विश्वभर राम्रो कमाइ गरिरहेको छ । फिल्मले भारतमा ऐतिहासिक कमाइ गरेको छ । बलिउड फिल्मका व्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले १८ औं दिनसम्म भारतीय बक्स अफिसमा ५०२.३५ करोड भारु नेट कलेक्सन गरेको छ । तेस्रो सप्ताहन्तमा यसले ‘बाहुबली २’ (हिन्दी ...
। हजारौं दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्य’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्न पुगे । धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे- ‘संसारभर फैलिएर रहेका नेपालीभाषी एक भएर बसौं है ।’ अमृतको यो आह्वानसँगै अमेरिकाको श्रृंखलाबद्ध कन्सर्टमध्ये पाँचौं आयोजना पनि न्युयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको ...
‘आहा !’, ‘अझै संगीत’, ‘एकता’, ‘खोज’ अनि ‘यात्रा’ आफ्नो ३० वर्षे यात्रालाई सम्झिंदा सांगीतिक समूह १९७४ एडीका सदस्यहरूको मानसपटलमा यिनै शब्दहरू तैरिन्छन् । यो लोकप्रिय रक ब्यान्डले आफ्नो ३० औं वर्षगाँठ मनाइरहँदा यसका सदस्यहरूले यो सांगीतिक यात्राको सुखदुःख र आवाजको सरहद पार गर्ने अथक प्रयत्नलाई नियालेका छन् । सन् १९९२ मा फिरोज स्याङ्देन र निराकर याक्थुम्बाको भेटसँगै ...
। बलिउड अभिनेत्री तथा भाजपा सांसद कंगना रनौतले आगामी फिल्म ‘इमर्जेन्सी’ को रिलिज रोकिएको बताएकी छन् । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको प्रमाणीकरण रोकेको उनको भनाइ छ । एक्समा एक भिडियो सन्देश जारी गर्दै उनले भनेकी छन्, ‘ज्यान मार्ने धम्की धेरै भएकाले प्रमाणीकरण रोकिएको हो । सेन्सर बोर्डका सदस्यलाई पनि धम्की आइरहेको छ । ...
। अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन् । केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे । ‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला ...
। चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे । त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए । उनले भने, ‘बोल्ने काम जिन्दगीमा ...
। हप्तौं लामो विवाद र सेन्सरको अन्योलबीच बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’को प्रदर्शन रोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म अब सेप्टेम्बर ६ मा रिलिज हुनेछैन । त्यहाँको सेन्सर बोर्डले फिल्ममा थप कटौती गर्न चाहिरहेको थियो । बोर्डले सुरुमा फिल्मलाई स्वीकृति दिएपनि प्रमाणीकरणमा रोक लगाएको थियो । यसैबीच, सोमबार मध्यप्रदेशको उच्च अदालतमा फिल्मको रिलिजलाई लिएर ...
: लोकप्रिय गीतका सर्जक शिव पलाँस भन्छन्, ‘घरमा एक्लै तीज गीत हेर्दै थिएँ, साथी अचानक ढोका ढकढक्याउन आयो। मेरो पालो झ्याप्प विश्व घटनातिर लगाए। गाह्रो छ हो मलाई। यो उनको सामाजिक सञ्जालमा तीज गीतप्रतिको व्यंग्य थियो। अर्का एक जना सामाजिक अभियन्ता लेख्छन्, ‘तीज गीत सुन्नै नसकिने भो बरु रत्यौली सुन्न सकिएला, तर तीज गीत सुन्न ...
एन्जेलिना ! एन्जेलिना ! एन्जेलिना ! भेनिस फिल्म फेस्टिभलको रेडकार्पेटमा निकैबेर गुञ्जियो यो आवाज । बिहीबार राति यो विश्व प्रसिद्ध फेस्टिभल हलिउड स्टार एन्जेलिना जोली प्रेरित रह्यो । आफू अभिनित पछिल्लो फिल्म ‘मारिया’को वर्ल्ड प्रिमियरका क्रममा आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेपछि जोलीले खुसीका आँसु बगाइन् । यो फिल्म ग्रीक ओपेरा गायक मारिया कालासको बायोगाफीमा आधारित ...
। हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ को प्रदर्शन मिति दुई दिनअघि सरेको छ । हलिउड स्टुडियो वार्नर ब्रोजको भारतस्थित कार्यालयले यो फिल्म असोज १६ गते (अक्टोबर २) मा बुधबार रिलिज हुने घोषणा गरेको हो । भारतमा उक्त दिन गान्धी जयन्तीको सार्वजनिक बिदा भएकाले बुधबार नै फिल्म ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा हलिउड रिलिज भारतीय ...
। विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण इटालीमा सुरु भएको छ । रेडकार्पेटमा चर्चित कलाकारले फेसन प्रस्तुत गरे । टिम बर्टनको फिल्म ‘बिटलजुस बिटलजुस’ ओपनिङ फिल्मसँगै फेस्टिभल औपचारिक रुपमा सुरु भयो । जेन्ना ओर्टेगा, एमी ज्याक्सन, केट ब्ल्यान्चेट, विनोना राइडर, टेलर रसेलदेखि क्याथरिन ओ’हाराले रेडकार्पेटमा उत्कृष्ट लुक्स प्रस्तुत गरे । ११ दिने फेस्टिभल सेप्टेम्बर ७ ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last