मुख्य समाचार
मनोरञ्जन
। कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् । जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् । तर आगामी ७ भदौमा प्रदर्शन गर्ने तयारी रहेको ...
। अभिनेता तथा निर्देशक रमित ढुंगानाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेटेर आगामी फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र पोस्टरमा राख्दा धेरैले नेता नेपालबारे चासो राखेका थिए । यही चासोबीच नेता नेपाललाई केन्द्रीय भागमा चित्रण गर्दै ढुंगानाको उक्त फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्ममा नेपालले एसिड आक्रमणविरुद्ध प्रतिबद्धता जनाउने ...
। कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ । अतीतको एक घटनाकै कारण दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ । दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा अनुबन्धित भएका छन् । मिड-डेका अनुसार गत महिना बेलायतले अभिनेता दत्तको प्रवेशाज्ञा (भिसा) अस्वीकार गरिदिएपछि फिल्मको कास्टिङमा परिवर्तन गर्नुपरेको ...
। साउथ सुपरस्टार विक्रमको शीर्ष भूमिका रहेको तामिल-एक्सन-एड्भेन्चर फिल्म ‘ थङ्गलान : द सन् अफ गोल्ड’लाई नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन् । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई साउन ३१ गते नेपालमा रिलिज गर्न लागेको हो । यसअघिको ब्लकबस्टर साउथ फिल्म ‘केजीएफ’को सत्य कथामा आधारित रहेको भनिएको यो फिल्म दर्शकको पर्खाइमा छ । पा रन्जित निर्देशित फिल्ममा ...
। जुनैद खानले फिल्म ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका छन् । हालैको एक अन्तर्वार्तामा उनले आफ्ना पिता आमिर खानको ‘रिटायरमेन्ट’ चरणको बारेमा कुरा गरेका छन् । यो अन्तर्वार्ता लगत्तै आमिरले अभिनयबाट सन्यास लिन चाहेको अड्कलबाजी चलिरहेको छ । जुनैदले बुवा आमिरले आफूलाई प्रोडक्सन हाउसको जिम्मेवारी दिन चाहेको बताए । जुनैद अहिले होमप्रोडक्सन फिल्म ‘प्रितम प्यारे’को निर्माण गर्दैछन् ...
। भारतीय गायक तथा संगीतकार शंकर महादेवनले आइतबार बैंगलोरमा आफ्ना विश्वभरिका १० जना उत्कृष्ट विद्यार्थीलाई मञ्चमा उतारे । सोही क्रममा नेपाली मूलका बालगायक अमिर गजमेरले पनि शंकर महादेवन र भारतका अन्य अग्रज संगीतकर्मीमाझ शास्त्रीय गायन प्रस्तुत गरे । हाल अमेरिकामा बसोबास गर्ने ११ वर्षीय अमिरले राग भीमपलासी एकल रुपमा प्रस्तुत गरे भने राग चारुकेशी युगल प्रस्तुत ...
। दुई वर्षअघि रिलिज भइसकेको सुरक्षा पन्त र नरेन खड्का अभिनित सोसल ड्रामा फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन तयारीमा छ । निर्माताले रि–ब्रान्डिङ सहित फिल्मको प्रवर्द्धन गरिरहेका छन् । पोस्टर, प्रचारशैलीदेखि ट्रेलरमा ताजगी दिने प्रयास गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नयाँ कटिङसहितको ट्रेलर रिलिज गरियो । फिल्मले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको सामाजिक परिवेशको ...
: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा शनिबार आयोजित खुला घोडा दौड प्रतियोगितामा ‘सिंकी’ नामको घोडा च्याम्पियन बनेको छ। वारागुङ मुक्तिक्षेत्र-४ र कागबेनी गाउँको संयुक्त आयोजनामा सञ्चालन भएको छैठौं यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगितामा २१ वर्षीय युवा उज्जव सुनारले हाँकेको सिंकी घोडा प्रथम भएको हो। गाउँपालिकाअन्तर्गत १२ वटा घोडा दौडमा सहभागी मध्ये वारागुङ-१ झारकोटका नम्डु गुरुङको निजी ...
। लोकरक सांगीतिक समूह नेपथ्यले कोलोराडोबाट अमेरिका टुर थालेको छ । टुरको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न भयो । दुई घण्टा लामो कन्सर्टपछि सहभागि दर्शकले उत्साह व्यक्त गरेको ब्याण्डले जारी गरेको वक्तव्यमा उल्लेख छ । कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एक सय वर्ष पुरानो बोल्डर थिएटरमा तीन दशकदेखि सेवारत रोब भन्दै थिए- ‘मञ्चबाट ...
। रंगशाला निर्माणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कलाकार र खेलाडीसहितको छलफल बैठक राखे । नेपाल क्रिकेट संघ (क्यान)को संयोजनमा भएको बैठकमा क्रिकेट खेल हुने बेला सामाजिक संजालमा स्टाटस लेखेर सेलिब्रेसन गर्ने कलाकारलाई बोलाइएको थियो । नीति शाह, केकी अधिकारी, बद्री पँगेनी, रचना रिमाल, प्रकाश सपुत, मिरुना मगर, राजा राजेन्द्र पोखरेल छलफलमा सहभागि थिए ...
। हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ले विश्व बक्सअफिसमा उछाल कमाइ गरेको छ । दोस्रो सप्ताहन्त सकिँदासम्म यो फिल्मले विश्वभर ८२४ मिलियन डलरको कमाइ गरेको डेडलाइन हलिउडले जनाएको छ । दोस्रो सप्ताहन्तसम्म फिल्मले उत्तर अमेरिकामा ३९५.६ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ४२८.५ मिलियन डलर कमाएको छ । १० दिनमा भारतमा १०७.८ करोड भारु नेट (१३९.१० करोड ...
। रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् । पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए । पोस्टरमा ...
। अमेरिकाको न्युयोर्कपछि एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’लाई नेपाल प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित प्रिमियरमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, अमेरिकी दूतावासका उपप्रमुख जेसन पी मिक्स अतिथिको रुपमा सहभागी थिए । शो हेरिसकेपछि प्रधानमन्त्री ओलीले नेपाली युवाले बनाएको यो शोले नेपालको पर्यटन प्रवर्द्धन ...
। महिनौं लामो प्रतिस्पर्धापछि अन्ततः मुलुकले नयाँ मिस नेपाल प्राप्त गरेको छ । विश्व ‘ब्युटी पेजेन्ट’का तीन महत्वपूर्ण विधा मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधि पक्का भएको छ । शनिबार गोदावरीमा आयोजित प्रतिस्पर्धामा आश्माकुमारी केसी मिस नेपाल वर्ल्ड, करुणा रावत मिस नेपाल इन्टरनेसनल र सुमना केसी मिस नेपाल अर्थ छनोट भएका छन् ...
। बेलायतको ‘सबैभन्दा कुरूप’ भनिने कुकुरको चर्चा यतिबेला हलिउड मात्र होइन, संसारभर भइरहेको छ । ‘पेग्गी’ नामको यो कुकुर अहिले हलमा चलिरहेको ‘डेडपुल एण्ड वुल्भरिन’को प्रमुख कलाकारमध्ये हो । यसरी एउटा कुरुप कुकुर एकाएक हलिउड स्टारमा परिणत हुनुलाई उसका मालिक अप्रत्यासित घटना बताउँछन् । पाँच वर्षको पेग्गीले एमसीयूको यो नयाँ फिल्ममा रायन रेनोल्ड्स र ह्युज ज्याकम्यान ...
। प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा स्वर भरेका हुन् । फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् । केही मिनेट लामो दृश्यमा ओलीले एसिड आक्रमणविरुद्ध सरकार प्रमुखको रुपमा ...
First Prev ... 10 11 12 13 14 15 16 17 18 19 20 ... Next Last