मुख्य समाचार
मनोरञ्जन
। अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा यी दुईले विमर्श गर्न लागेका हुन् । फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सत्रमा यी दुईले छलफल गर्न लागेको निफद्वारा जारी वक्तव्यमा उल्लेख छ । फेस्टिभलको दोस्रो दिन शुक्रबार ११ ...
। लियाम निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसैसाता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन भएको ...
। गत वर्ष ओस्कार अवार्डले दशकौंदेखिको नियममा परिवर्तन गर्दै ‘स्याम्पेन रङ’को कार्पेट बिछ्यायो । विश्व फिल्मको सर्वोच्च पुरस्कारको यो निर्णयले त्यतिबेला ठूलै तरंग ल्याएको थियो । ओस्कार यस वर्ष परम्परागत रङमै फर्किएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले यस वर्षको ओस्कार समारोहमा ‘रेडकार्पेट’ बिछ्याइने निर्णय गरेको छ । गत वर्ष चकलेटजस्तो देखिने खैरो रङको ...
। एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् । नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका लागि मद्दत गरेको हो । फोर्ब्सका अनुसार उक्त सिरिजबाहेक अन्य तीन फिल्ममा समेत गरेर उनले सन् २०२३ मा ७३ मिलियन डलर कमाइ गरे । ‘बार्बी’ ...
। ‘ओपेइनहाइमर’बाट किलियन मर्फीले सर्वश्रेष्ठ अभिनेता र निर्देशक क्रिस्टोफर नोलनले निर्देशन विधामा यसवर्षको ओस्कार अवार्ड जितेका छन् । अवार्ड ग्रहण गर्दै अभिनेता मर्फीले निर्देशन नोलनसहित फिल्मको टोलीलाई धन्यवाद दिँदै पछिल्लो २० वर्षको आफ्नो करिअर उतारचढावपूर्ण, सिर्जनात्मक र सन्तोषजनक ढंगले बितेको बताए । ‘मैले भन्न सक्नेभन्दा बढी म तपाईंहरुप्रति ऋणी छु’ उनले भने । त्यसपछि उनले धन्यवाद व्यक्त ...
। यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ...
— यो वर्षको ओस्कर अवार्ड कसले जित्ला ? फिल्म क्षेत्रमै सर्वश्रेष्ठ मानिने अवार्डको मिति नजिकिएसँगै फिल्मकर्मी र समीक्षकबीच आँकलन सुरु भएको छ । के 'ओपनहाइमर'ले नै यो वर्षको अवार्ड जित्ला त ? के उत्कृष्ट अभिनेत्रीको विधामा लिली ग्ल्याडस्टोनले नै बाजी मार्लिन् ? ओस्कर चर्चाले फिल्म क्षेत्र गर्माएको छ । ओस्करका विधामध्येमै पनि 'उत्कृष्ट फिल्म'को विधाले सबैको ...
: आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। उनले प्रतियोगितामा चार मिनेटमा एक ...
। भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ । बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ यो सडक ...
। तिमोथी चालमेट र जेन्डाया स्टारर ‘ड्युन : पार्ट २’ विश्व फिल्मको तथ्यांक राख्ने आईएमडीबीमा अहिलेसम्म सबैभन्दा उच्च रेटिङ प्राप्त गर्ने फिल्म बनेको छ । यो लोकप्रिय रिभ्यु वेबसाइटमा उक्त साइन्स फिक्सन फिल्मले १० मध्ये ९.४ रेटिङ प्राप्त गरेको छ । ‘एभेन्जर्स : एण्डगेम’को ८.४ र ‘अवतार’को ७.८ रेटिङलाई उछिन्दै ‘ड्युन २’ शीर्षस्थानमा उक्लिएको हो । ...
: भारतीय गजल गायक पंकज उदासको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो। गायक उदासलाई १० दिनअघि मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आज ११ बजे मृत घोषणा गरिएको उनका म्यानेजर वैभव पट्टेलले जानकारी दिए। संजय दत्त अभिनित 'नाम' फिल्मबाट उनी 'चिठी आई है'बाट पर्दामा आएका थिए। ...
। नेपाली समयानुसार आज बिहान हलिउडमा वितरण गरिएको स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो । यसपटकको संस्करणमा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे । ‘बार्बी’ अभिनेत्री मार्गट रोबी यसपटक पनि जितबाट वञ्चित रहिन् । टेलिभिजन सिरिजतर्फ ‘सक्सेसन’ले ...
। बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनपरेको उल्लेख गरेका छन् । निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनपर्‍यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् । चाम्स निर्देशित फिल्म गोर्खा वारिअर ...
। अभिनेत्री करिश्मा मानन्धरले नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्दै तुरुन्तै राज्यले चासो राखेर कारवाही गर्नुपर्ने उल्लेख गरेकी छन् । उनले यसविरुद्ध अदालत जाने चेतावनी समेत दिएकी छन् । आइतबार फेसबुकमा दुई स्टाटस लेख्दै उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा ...
। बलिउड अभिनेत्री यामी गौतमको नयाँ फिल्म ‘आर्टिकल ३७०’ ले भारतीय बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ । भारतीय लोकसभाको चुनाव हुनु केही महिनाअघि रिलिज भएको यो फिल्मसँग सत्तारुढ भारतीय जनता पार्टीको प्रमुखमध्येको एक मुद्दा ‘आर्टिकल ३७०’ जोडिएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू कश्मीरलाई उक्त संवैधानिक धारामार्फत दिइँदै आएको विशेषाधिकार खारेज गर्दै त्यहाँ राष्ट्रपतीय ...
— गत हप्ता पिपुल्स च्वाइस अवार्ड जितेकी गायिका टेलर स्विफ्ट सन् २०२३ को सबैभन्दा चर्चित कलाकार सावित भएकी छिन् । बुधबार इन्टरनेसनल फेडरेसन अफ फोनोग्राफिक इन्डस्ट्री(आईएफपीआई)ले टेलरलाई ग्लोबल आर्टिस्ट चार्टको विजेता घोषणा गरेको हो । यसअघि तीन पटक उनले चार्टको शीर्ष स्थान ओगटेकी थिइन् । यो चार्टले टेलरलाई सबैभन्दा धेरै रेकर्डिङ, स्ट्रिमिङ, डाउनलोड र गीत बिक्रीका ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last