मुख्य समाचार
मनोरञ्जन
। उमंग क्रिएसनले सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल-२०२४’ आयोजना गर्ने भएको छ । आयोजक संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । प्रतियोगिताको विजेतालाई ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने उमंग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । मिस ग्राण्ड नेपालमा सहभागी हुन १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीले ...
। सन् २०१८ मा मी टू अभियानका दौरान बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । तनुश्रीको यो आरोपका विषयमा नाना पाटेकरले नयाँ बयान दिएका छन् । तनुश्रीले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एक गीतको सुटिङका ​​क्रममा नानाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । भारतीय ...
। मिस नेपाल नर्थ अमेरिकाले सन् २०२४ को संस्करणको लागि २० फाइनलिस्ट प्रतियोगी सुन्दरीको घोषणा गरेको छ । सूचीमा नर्थ क्यारोलिनाबाट एन्ना कोइराला, मिनेसोटाबाट आयुषा तुलाधर, टेक्सासबाट अदिश्री रेग्मी, क्यानडाबाट अनु सुवेदी, न्यूयोर्कबाट अस्मी गिरी, मिसिगनबाट अस्मिता तुलाधर छन् । ओहायोबाट दृश्य धिताल, मेरिल्याण्डबाट न्यान्सी क्षेत्री, न्यूजर्सीबाट ओनिका बानियाँ, न्यूयोर्कबाट प्रिजा राणा, बोस्टनबाट रिजा पुरी, मेरिल्याण्डबाट रुबिना ...
। अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् । यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको भन्दै निर्माताले ...
। पत्रकार सुविना श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘देवी’ न्युजिल्यान्डको डकएज फेस्टिभलमा छानिएको छ । अस्कर अवार्डमा न्युजिल्यान्डबाट फिल्म मनोनयन गर्ने फेस्टिभल डकएजमा नेपालको सशस्त्र युद्धमा यौनहिंसा बेहोरेका देवी खड्का लगायत महिलाबारे श्रेष्ठले बनाएको फिल्म चयन भएको हो । सत्यनिष्ठा र मेलमिलाप भन्ने थिममा आधारित भएर प्रतिष्पर्धा गरेका फिल्ममध्ये श्रेष्ठको देवी परेको फेस्टिभलले आफ्नो वेबसाइटमा सार्वजनिक ...
। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिका प्रदर्शन मिति घोषणा भएको छ । वितरक प्याट्रिक सुवेदीले यो फिल्मलाई जुन २१ (असार ७)देखि अमेरिकाब्यापी रिलिज गर्न लागेका हुन् । दुई चरणमा फिल्म रिलिज हुने जनाइएको छ । जसअनुसार, जुन १९ मा लस एन्जलस, सनफ्रान्सिस्को र सिकागोमा फिल्म रिलिज हुनेछ । जुन १९ मा मेरिल्याण्डको सिल्भर स्प्रिङ्समा ...
। यो साता ओटीटी प्लाटफर्ममा चर्चित फिल्म र सिरिज रिलिज हुँदैछन् । यसपटक धेरै हिट शो ओटीटीमा फर्किएका छन् भने हलमा कमजोर व्यापार गरेका फिल्म पनि दोस्रो मौका खोज्दै ओटीटीमा आएका छन् । यी हुन् यो साता आउन लागेका केही फिल्म र सिरिज हाउस अफ द ड्रागन सिजन २ एचबीओको सुपरहिट काल्पनिक नाटक ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल सन् ...
। पर्यटन प्रवर्द्धनको उद्देश्यले युरोपेली मुलुक माल्टाको सौन्दर्य प्रतियोगिता मिस माल्टाको टोलीले नेपाल भ्रमण गर्ने भएको छ । फेसबुक पेजमार्फत मिस माल्टाले यसबारे जानकारी दिएको छ । भ्रमण टोलीमा सहभागी हुने सदस्यबारे विस्तृत नखुलाइएपनि अगस्टमा भ्रमण हुने जनाइएको छ । उक्त भ्रमण दलले मिस नेपाल-२०२४ ग्राण्ड फिनालेमा समेत सहभागिता जनाउने उल्लेख छ । मिस नेपाल आयोजक द ...
। के-पप ब्याण्ड बीटीएसका जिनले अनिवार्य सैनिक सेवा पुरा गरेका छन् । सैनिक सेवाबाट बाहिर आइसकेपछि उनले १००० जना प्रशंसकलाई अँगालो हालेर प्रेम दर्शाए । सीएनएनका अनुसार जिनले सियोलको जामसिल स्पोर्ट्स कम्प्लेक्समा पहिलो सार्वजनिक उपस्थिती देखाए जहाँ उनले आफ्नो प्रस्तुति दिए अनि फ्यानसँग भेटघाट गरे । कार्यक्रममा १ जना भाग्यशाली फ्यानले ३१ वर्षीया सुपरस्टारलाई अँगालो हाले भने ...
। फिल्म ‘द स्म्यासिङ मेसिन’को छायांकनको क्रममा हलिउड अभिनेता ड्वेन जोन्सन घाइते भएका छन् । उनको दाहिने कुहिनोमा गम्भीर चोट लागेको अभिनेता जोन्सनले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै जानकारी दिएका छन् । रेस्लिङ दुनियाँमा ‘द रक’ भनेर प्रसिद्ध अभिनेता जोन्सनले भने, ‘तपाईंहरुलाई थाहा नै छ, म ‘द स्म्यासिङ मेसिन’ नामक फिल्मको सुटिङ गरिरहेको छु । यसका केही ...
। नौ जना लोक तथा दोहोरीगीतका कलाकारले अभद्र र अपाच्य गायन प्रस्तुति नदिने लिखित प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना कलाकारलाई पत्र काटेरै स्पष्टीकरण सोधेको थियो । जसमध्ये तीन जना कलाकारले स्पष्टीकरणको जवाफ दिएका छैनन् । एक साताको स्पष्टीकरणको म्याद बिहीबार सकिंदैछ । शर्मिला रायमाझी, शंकर सुनार, नवराज काप्री (धादिङे भाले), सुशीला ...
। नेपालमा ‘क्लिनफिड’ लागु भएको चार वर्ष बित्दा पनि यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । क्लिनफिड लागु भएपछि कुनै पनि विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित ढंगले प्रसारण हुनुपर्नेमा धेरै च्यानल विज्ञापनसहित नै प्रसारण भइरहेका छन् । त्यतिमात्र होइन, नेपाललाई फिड क्लिन गरेर दिन नसक्ने बरु नेपालमा प्रसारण नै नगर्ने भनेर औपचारिक पत्र पठाएका बीबीसी, सीएनएन लगायत च्यानल ...
। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ विहिबारदेखि युएई, कतार र बहराइमा रिलिज भएको छ । मध्यपूर्व वितरण कम्पनी निप फिल्म्सले फिल्मलाई ती मुलुकमा प्रमुख हलहरुमा प्रदर्शनमा ल्याएको हो । नेपालमा सकारात्मक समीक्षासहित प्रदर्शनमा आएको यो फिल्म मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा प्रदर्शनमा आएको वितरक रमेश ढकालले जनाए ...
। भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो । विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले कार्यक्रमलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै अभिनेत्री लियोनीको उक्त शोलाई सूचीमा समावेश नगर्न रजिस्ट्रारलाई निर्देशन दिएका छन् । उनले ...
। भारतमा नेपाली फिल्मको प्रदर्शन र जाँचपास सहजीकरणबारे छलफल गर्न दुवै मुलुकको फिल्म उद्योगका अधिकारी मुम्बईमा भेला भएका छन् । बुधबार सुरु भएको बैठक १ असारसम्म चल्नेछ । बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर सहभागी छन् । भारतीय टोलीको नेतृत्व त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीले ...
। ३१ साउनमा पुष्पराज र श्रीवल्लीबीचको जादुयी केमेस्ट्री हेर्न दर्शक अधैर्य भैरहेको बेला फिल्मको रिलिज स्थगित भएको चर्चा चलेको छ । हो, तपाईंले त्यो सही पढ्नुभयो । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को प्रदर्शन मिति पोस्टपोन्ड भएको छ । तेलुगु ३६० को रिपोर्टअनुसार, सुकुमारको एक्सन फिल्मको रिलिज स्थगित गरिएको छ । सुकुमार र उनको टोलीले सिक्वेलका लागि ...