मुख्य समाचार
मनोरञ्जन
। आफ्नो मृत्युलाई लिएर सामाजिक सञ्जालमा गरिएको ठट्टा पुनम पाण्डेलाई महँगो साबित हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ । भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखिरहेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग ...
प्रेमगीत’ प्रदर्शन संघारको एक दृश्यबाट नेपाली फिल्म र युवा स्टारमाथिको यो विमर्श सुरु गरौं । आठ वर्षअघि ‘प्रेमगीत’ को प्रचार टिम निस्कियो, देश दौडाहामा । प्रचार समूह सानो थियो । प्रदीप खड्का र सन्तोष सेन गाडीको क्याबिनमा सुतेरै पुगेका थिए, चितवन–पोखरा । सहरका प्रत्येक विद्यालय पुगेका निर्माता सेन कलाकार चिनाउँदै भन्थे, ‘ऊ चाहिँ हाम्रो फिल्मको हिरो, मिस्टर प्रदीप खड्का ।’ तर, ...
। यदि तपाईं मार्वल स्टुडियोको विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’को प्रशंसक हुनुहुन्छ भने नयाँ खबर छ । निर्माताले चौथो श्रृंखला बनाउने भएका छन् । धेरैलाई लागिरहेको थियो– स्पाइडरम्यानको पछिल्लो श्रृंखला ‘नो वे होम’ श्रृंखलाको अन्तिम हुनेछ । अभिनेता टम हल्याण्ड पनि यो श्रृंखलामा देखिनेछैनन् । तर स्पाइडरम्यानको नयाँ श्रृंखला आउँदैछ । निर्माता एमी पास्कलले सन् २०२३ को मे महिनामा ...
। प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लस-एन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बंगला यो जोडीले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए । रिपोर्टका अनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरुले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरुले प्रोपर्टी डिलरविरुद्ध मुद्दा समेत ...
। भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको छ । शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् । पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा ...
। हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो ...
। ओस्कार अवार्डले सन् २०२४ देखि सर्वश्रेष्ठ फिल्म विधाको मापदण्डमा केही परिमार्जन गरेको छ । उक्त विधामा छनोट हुने फिल्म प्रतिनिधित्वमूलक र समावेशी हुनुपर्ने नयाँ नियम ओस्कारको छ । जसअनुसार यो संस्करणदेखि प्रतिनिधित्व र समावेशी मापदण्ड कार्यान्वयनमा ल्याइएको छ । यो नियमानुसार अबदेखि उत्कृष्ट फिल्मको विधामा छनोट हुने फिल्मले चारमध्ये दुई नियमको मापदण्ड पूरा गरेको हुनुपर्नेछ ...
। दुई तिहाइभन्दा धेरै संगीतकारलाई कृत्रिम बौद्धिकता (एआई)का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको फ्रान्सेली र जर्मन संगीत समाजको अध्ययनले देखाएको छ । संगीत उद्योगमा क्रियाशील १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणमा ७१ प्रतिशत उत्तरदाताले एआईका कारण भविष्यमा गुजारा गर्न गाह्रो हुने जवाफ दिएको अध्ययनमा उल्लेख छ । सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘संगीत निर्माणसँग सम्बन्धित क्षेको ...
। नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सातौं संस्करण असार ५ देखि ८ गते (जुन २० देखि २३)सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ । मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना ...
। ओस्कार अवार्ड विजेता संगीतकार एआर रहमानले हालै आफ्नो एउटा गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेका छन् । यस गीतको शीर्षक ‘थिमिरी येहुदा’ हो, जुन रजनीकान्तको फिल्म ‘लाल सलाम’मा प्रयोग गरिएको छ । गीतमा रहमानले दक्षिण भारतका दुई दिवंगत गायक शाहुल हमीद र बम्बा बक्याको स्वर प्रयोग गरेका छन् । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको ...
। रकम भुक्तानीसम्बन्धी वार्ता निष्कर्षविहीन भएपछि विश्वको ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिकले आफ्ना लाखौं गीतलाई टिकटकबाट हटाउने भएको छ । यसको अर्थ– अब चिनियाँ एप टिकटकले टेलर स्वीफ्ट, द वीकेण्ड र ड्रेक लगायतका कलाकारको गीतमा पहुँच पाउनेछैन । युनिभर्सल म्युजिकले टिकटकले आफूलाई धम्काएको आरोप समेत लगाएको छ । अन्य सामाजिक सञ्जालकै दरमा भुक्तानी गर्न टिकटकले दबाब ...
। यदि तपाईं मार्वल स्टुडियोको विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’को प्रशंसक हुनुहुन्छ भने नयाँ खबर छ । निर्माताले चौथो श्रृंखला बनाउने भएका छन् । धेरैलाई लागिरहेको थियो– स्पाइडरम्यानको पछिल्लो श्रृंखला ‘नो वे होम’ श्रृंखलाको अन्तिम हुनेछ । अभिनेता टम हल्याण्ड पनि यो श्रृंखलामा देखिनेछैनन् । तर स्पाइडरम्यानको नयाँ श्रृंखला आउँदैछ । निर्माता एमी पास्कलले सन् २०२३ को मे महिनामा ...
। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् । अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानी गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने ...
। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए । अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा ...
। एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मबारे जानकारी दिए । उक्त प्रेसमिटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यो फिल्ममा ओलीले प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा अभिनय गर्न लागेको जानकारी ...
। धरानका मेयर हर्क साम्पाङले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ । धरानको विजयपुरमा भैरहेको छायांकन सेटमै मेयर साम्पाङ पुगेका थिए । फिल्मका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेटजति केमियो रोल सुटिङ भएको ...
First Prev ... 20 21 22 23 24 25 26 27 28 29 30 ... Next Last